२०७८ कार्तिक ९ मंगलवार

आज साफमा भारत बिरु’द्ध नेपाल भिड्दै, कति बजे खेल्दैछ?

काठमाडौँ : साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज आइतबार भारतसँग प्रतिस्पर्धा गर्दैछ ।मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले तेस्रो खेलमा बलियो

टिम भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । आज साफमा भारतलाई हराए नेपाल फाइनल पुग्नेछ । यसअघि नेपालले आयोजक माल्दिभ्स र श्रीलंकालाई पराजित गरिसकेको छ ।

भारत भने पहिलो जितको खोजीमा छ । लगातार दुई खेलमा अंक बाँडेको भारत नेपालसँग तीन अंक खोस्ने दाउमा छ ।
सात पटकको च्याम्पियन भारतले यसअघि बंगलादेश र श्रीलंकासँग बराबरी खेलेको थियो ।

साफ जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको नेपाली टोली भारतवि’रुद्ध जित निकाल्दै फाइनल पुग्न चाहन्छ । सिंगल राउन्ड रोबिन लिगको शीर्ष दुईले उपाधिका लागि खेल्नेछन् ।

प्रतियोगितामा नेपाल २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ । पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले हराएको थियो ।

भारत २ खेलमा २ अंक जोडेर चौथो स्थानमा छ । नेपालले हालसम्म भारतसँग २१ खेल खेलेको छ । जसमा भारतले १४ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

नेपालले भदौमा भारतसँग दुई मै’त्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा नेपालले एक खेल बराबरी खेल्दा एक खेलमा हार व्यहोरेको थियो ।-साझा सबाल

२०७८ आश्विन २४, आईतवार १०:२१ गते 1 Minute 210 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार