२०७८ कार्तिक ११ बिहीबार

प्रधानमन्त्री ओलीद्वारा ७५३ स्थानीय तहका सडक कालोपत्रे गर्न उद्घाटन गरिँदै !

काठमाडौंं : नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशका ७ सय ५३ वटै स्थानीय तहमा छिटोभन्दा छिटो कालोपत्रे सडक सञ्जाल विस्तारको उद्घाटन गर्ने भएका छन् ।

आइतबार बालुवाटारबाट प्रधानमन्त्री ओलीले कालोपत्रे सडक सञ्जाल विस्तार कार्यक्रम उद्‌घाटन गर्ने बताइएको छ ।
देशका सबै स्थानीय तहमा कालोपत्रे सडक पुर्‍याउने उद्देश्यसाथ प्रधानमन्त्री ओलीले सडकहरूको एकैचोटी उद्घाटन गर्न लागेको जनाइएको छ ।

बालुवाटारमा प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट सडक निर्माणकार्य उद्घाटन गर्ने बताइएको छ । प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि सातै प्रदेशमा उक्त कार्यको सहमतिपत्र (एमओयु) मा हस्ताक्षर गरिने बताइएको छ । हस्ताक्षरसँगै कालोपत्रे सडक नपुगेका स्थानीय तहमा काम तत्काल शुरू गरिने बताइन्छ ।

ओलीलाई हटाउन ३ दलको गठबन्धन तयार हुँदै

नयाँ सरकार गठनका लागि सत्तारुढ दल नेकपा एमाले बाहेकका तीन राजनीतिक दलहरूले गृहकार्य अगाडि बढाएका छन् । एमालेले जनता समाजवादी पार्टीलाई साथ लिएर अहिलेकै सरकारलाई निरन्तरता दिने तयारी गरिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाबीच भेटघाट बाक्लिएको छ ।

सत्ता साझेदारीका लागि वार्ता टोली नै गठन गरेर एक चरण प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेलगत्तै जसपाले कांग्रेस र माओवादी केन्द्रसँग पनि छुट्टाछुट्टै छलफल गरेको छ । शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेका जसपाका नेताहरूले शनिबार माओवादी केन्द्रसँग छलफल गरेको छ ।

माओवादीको कार्यालय पेरिसडाँडामा बसेको बैठकमा ओली सरकारको विकल्पमा कांग्रेस, माओवादी केन्द्र र जसपाबीच संयुक्त छलफल गरेर निर्णयमा पुग्ने विषयमा समझदारी भएको छ । बैठकपछि जसपा अध्यक्ष उपेन्द्र यादवले बैठकले ओली सरकार घातक रहेको भन्दै तीन दलको गठबन्धन उपयुक्त हुने निष्कर्ष निकालेको बताए।

उनले केपी ओलीसँग कुनै पनि हालतमा सहकार्य हुन नसक्ने जिकिर गर्दै भने– ‘कसको दिमाग बिग्रिएको छ र केपी ओलीको सरकारमा जानु ? ओलीको सर्वसत्तावादलाई परास्त पार्ने र ओलीलाई सरकारबाट बाहिर निकाल्ने विषयमा छलफल भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्यका लागि दौडधूप गर्दै आएका जसपाका अर्का अध्यक्ष महन्त ठाकुरले सत्ता समीकरणबारे माओवादी केन्द्रसँग सकारात्मक कुराकानी भएको बताए । याे खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

२०७७ चैत्र १, आईतवार १६:५२ गते 0 Minutes 328 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार