२०७८ कार्तिक ९ मंगलवार

डा. बाबुराम भट्टराईको भविष्यवाणी : “एमसीसी पास गरिँदैन भने नेपाल अफगानिस्तान बन्छ” ।

पूर्वी नवलपरासी : जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास नगरिए

नेपाल अफगानिस्तान जस्तै मुलुक बन्ने बताएका छन् ।
सोमबार पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा पार्टीद्वारा आयोजित कार्यक्रममा डा. भट्टराईले अन्तर्राष्ट्रिय शक्ति सन्तुलन राख्नका लागि भए पनि एमसीसी पास गर्नुपर्ने नत्र

नेपाल अफगानिस्तान जस्तै बन्ने बताए ।Nउनले भने, ‘अन्तर्राष्ट्रिय शक्ति सन्तुलन कायम राख्नका लागि पनि एमसीसी पास गर्नुको विकल्प छैन । होइन भने उनीहरुको स्वार्थको भुमरीमा नेपाल फस्नेछ । भारत, चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध राख्न नसके नेपाल अफगानिस्तान जस्तै बन्नेछ ।’

यसकारण नेपालले भारत, चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध राख्नका लागि भए पनि एमसीसी पारित गर्नुपर्ने उनको भनाइ छ । डा. भट्टराईले जसपा कुनै पनि शक्ति राष्ट्रसँग दुश्मनी पनि नगर्ने, नझुक्ने पनि धारणा राखे ।

२०७८ आश्विन २६, मंगलवार ११:०७ गते 1 Minute 180 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार