२०७८ कार्तिक ९ मंगलवार

मलेसियामा ३ हजार नेपाली श्रमिकको मृ’त्यु?

काठमाडौँ  : विगत १३ वर्षको अव’धिमा मलेसियामा गएका ३ हजार १७ नेपाली श्रमिकको मृ’त्यु भएको छ । वैदेशिक रोजगार बोर्डका तथ्यांकअनुसार चालू आवको पुस महिनासम्ममा १६५ नेपाली श्रमिकको मृ’त्यु भएको छ ।

त्यस्तै, आव २०७६/७७ मा १७६, आव २०७५/७६ मा २२९, आव २०७४/७५ मा २८९, आव २०७३/७४ मा २६०, आव २०७२/७३ मा ३३९, आव २०७१/७२ मा ४२५, आव २०७०/७१ मा ३०३, आव २०६९/७० मा २५०, आव

२०६८/०६९ मा २३८, आव २०६७/६८ मा २२३, आव २०६६/६७ मा १०७ र आव २०६५/६६ मा १३ जना श्रमिकको मृ’त्यु भएको बोर्डले जनाएको छ । मलेसियास्थित नेपाली दूतावासको तथ्यांकअनुसार मलेसियामा हाल सबा ३ लाख नेपाली श्रमिक कार्यरत छन् ।

तर, गैरकानुनी रूपमा रहने कामदारको पनि उत्तिकै रहेको गैरआवासीय नेपाली संघ मलेसियाले जनाएको छ । तर, गैर’कानुनी रूपमा रहेका श्रमिक भने सोक्सोमा आबद्ध हुन पाउनेछैनन् ।

नेपाली श्रमिकको मुख्य श्रम गन्तव्यमध्ये मलेसिया एक हो । नेपाली श्रमिकहरू दुई दशकअघिदेखि श्रमका लागि मलेसिया जाने गरे पनि २०७५ साल चैतमा मात्रै नेपाल र मलेसियन सरकारबीच श्रम सम्झौता भएको थियो । सम्झौ’ता नेपाली श्रमिक शून्य लागतमा मलेसिया जान पाउनेछन् ।

श्रमिकको हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परी’क्षण, सुरक्षा जाँचलगायतका खर्च रोजगारदाताले नै व्यहोर्नुपर्नेछ ।नेपालले नेपाली श्रमिकलाई रोजगारीमा जान विश्वका ११० वटा मुलुक खुला गरेको छ । जसमध्ये कतार, युएई, जापान, दक्षिण कोरिया, बहराइन, इजरायल, जोर्डन र मलेसियासँग द्विपक्षीय श्रम सम्झौता गरेको छ ।

मृतकका परिवारले आजीवन ९० प्रतिशतसम्म पेन्सन पाउने सामाजिक सुरक्षा संस्थामा आब’द्ध हुने नेपाली श्रमिकले स्याथी अशक्ततादेखि पेन्सनसम्मको सुविधा पाउनेछन् । सोक्सोले सञ्चालन गरेको अस्थायी तथा स्थायी अशक्तता सुविधा, स्वास्थ्योपचार सुविधा, आश्रित परिवार सुविधा, मृ’त्यु

भएमा श’व व्यवस्थापन सुविधा र अ’न्तिम संस्का’रको खर्चसमेत सोक्सोले नै व्यहोर्ने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए । सोक्सोको सुविधाअनुसार नेपाली श्रमिकको कार्य अवधिमा नै मृ’त्यु भएमा मृ’तक परिवारले पे’न्सन सुविधा पाउनेछन् । सोक्सोले मृ’तकको परिवालाई कामदारको आधारभूत पारि’श्रमिकको ९० प्रतिशतसम्म आजीवन पेन्सन उपलब्ध गराउनेछ ।

यो सुविधा मृ’तकको परिवारजन (आमा, बाबु, श्रीमती वा श्रीमान् र २१ वर्ष नपुगेका छोराछोरी)ले पेन्सन सुविधा पाउनेछन् । त्यस्तै, मृ’तक कामदारको दा’हसं’स्कार गर्न सोक्सोले २ हजार रिंगेट (५७ हजार ६८० रुपैयाँ) प्रदान गर्नेछ । तर,

कामदारको श’व नेपाल ल्याउनुपरेमा ६ हजार ५ सय रिंगेट ( १ लाख ८७ हजार रुपैयाँ) प्रदान गर्नेछ । त्यस्तै, श्रमिक दु’र्घट’नामा परी अंगभंग भएमा सबै उ’पचार खर्च सोक्सोले नै व्यहोर्नेछ । तर, श्रमिक स्याथी रूपमा अशक्त भएमा आजीवन श्रमिकलाई नै निश्चित रकम प्रदान गर्ने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए । -जागृती खबर

२०७८ आश्विन २७, बुधबार १०:५६ गते 1 Minute 277 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार