२०७८ कार्तिक ९ मंगलवार

साउदी सरकारको यस्तो घोषणा, तीन बर्षे बन्देज यसै महिनाबाट सुरु !

साउदी सरकारको यस्तो घोषणा, तीन बर्षे बन्देज यसै महिनाबाट सुरु !

काठमाडौँ : साउदी अरबले आफ्नो मुलुकबाट अव नफर्किने गरी (बोलीचालिको भाषामा फिनिस) स्वदेश फर्केका बाहेक विदामा गएका विदेशी नागरिक भिसाको म्याद नसकिंदै नफर्केमा तीन बर्षे बन्देज लाग्ने स्पष्ट पारेको छ ।

साउदी अरबको विदेशी नागरिकको आवागमन सम्वन्धि विषय हेर्ने सरकारी निकायले विदामा गएकाहरुको अवस्थालाई पूर्ण रुपमा फर्किएकाहरुको मान्यता नदिईने स्पष्ट पारेको हो ।

साउदी गजेटका अनुसार त्यसरी साउदी अरबबाट बाहिरिएकाहरु भिसाको अवधि बाँकी हुँदै नफर्केमा तीन बर्षको बन्देज लाग्नेछ ।तर रोजगारदाताले नयाँ भिसा उपलव्ध गराएमा भनें त्यस्ता विदेशीलाई बन्देज लाग्ने छैन ।

घरेलु श्रमिकका रुपमा काम गर्न गएकाहरु ६ महिना भित्रमा साउदी अरब नफर्केमा उनीहरुको आवासिय अनुमति तथा भिसा स्वत: खारेज हुने पनि समाचारमा जनाइएको छ ।

२०७८ आश्विन २७, बुधबार १०:५९ गते 0 Minutes 161 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार