आइतबार , साउन १०, २०७८

यी दृष्टि’विहीन जसले शिक्षक सेवा आयोगको परिक्षामा एक नम्बरमै यसरी निकाले नाम !

चैत्र २, २०७७ सोमबार 373

उमेरमा भर्खरै ३६ टेकेका कलाधर भण्डारीलाई झट्ट देख्नेले दृष्टिविहीन भनेर ठम्याउन सक्दैनन् । खाइलाग्दो शरीर, आँखामा चस्मा, निडर स्वभाव, चिटिक्क कपाल, कोटपाइन्टमा सजिने कलाधर आँखाले सृष्टि नदेखेका युवा हुन् । सृष्टि नदेखेपनि अध्ययन र भरिएको ज्ञानले उनले विश्व देखेका छन् ।

लुम्बिनी प्रदेशको बर्दिया जिल्ला बडैयाताल गाउँपालिका–६ रानीपुरमा जन्मिएका भण्डारी स्थायी शिक्षक हुन् । भाग्यले ठगिए पनि कर्ममा लगनशील भएर अगाडि बढेका कलाधरले जीवनमा कहिल्यै ह’न्डर/ठक्क’र खाएनन् ।भण्डारीको लगनशीलताले दिनचर्या मात्र होइन, जीवनशैली पनि फेरियो ।

दृष्टि नभए पनि उनलाई कसैले अव’रोध गरेन । उनी अगाडि बढिरहे, सफलता चुमिरहे ।देशभर अपाङ्गता भएकाहरूको अधिकार र उनीहरूलाई समाजमा स्थापित गर्न पथ प्रदर्शकको रूपमा भण्डारी लागेका छन् । नेपाली समाजले अझै पनि फरक क्षमता भएका व्यक्तिलाई हेर्ने दृ’ष्टिकोणमा सुधार गर्न लामो यात्रा जरुरी रहेको उनी बताउँछन् ।

सरकारले जतिसुकै कानून बनाओस्, अपा’ङ्गतालाई हेर्ने त्यो मान्यता र आच’रणमा अझै परिवर्तन आएको छैन । त्यसलाई परिवर्तन गरी अ’पाङ्गताको क्षेत्रमा रोजगार, शिक्षा र घरबाहिर ल्याउन भण्डारी लागेका छन् ।भण्डारी परिवारका ६ दिदीभाइमध्येका कलाधार कान्छा छोरा हुन् ।

उनी जन्मिँदा सामान्य नै थिए । १ वर्षसम्म उनी बुवाआमाको अनुहार हेरेर हाँस्ने गरेको उनलाई दिदीदाइले अझै पनि भन्ने गर्छन् । तर बिस्तारै हिँड्ने बेलामा उनको आँखाको दृ’ष्टि नभएको पु’ष्टि भयो । उ’पचारका लागि विभिन्न अस्पताल र ठाउँमा पनि पहल गरियो । तर कलाधारको दृ’ष्टि फर्किएन ।

विद्यालय जाने उमेर भयो तर गाउँमा दृ’ष्टिविहीन पढ्ने विद्यालय थिएनन् । उनलाई नेपालगञ्जको मंगल हाईस्कूलमा पढाउन ल्याइयो । विद्यालय भर्ना गरेर पनि उनलाई पढाइप्रति रुचि नै थिएन ।उनलाई ब्रेल’लिपि पढ्न ‘झ्याउ’ लाग्थ्यो । ३ कक्षामा पुगेपछि उनलाई पढाइले महत्त्व बुझे ।

त्यसपछि उनले विद्यालयमा सधैं प्रथम स्थान हाँसिल गरे । २०५९ सालमा एसएलसीमा ७१ प्रतिशत अंक ल्याएर उनी उत्तीर्ण भए । उनले ल्याएको अंक त्यो वर्ष देशभरका दृष्टि’विहीनमा सर्वो’कृष्ट हो ।एसएलसी उत्ती’र्णपछि उच्च शिक्षाका लागि उनी काठमाडौंतर्फ मोडिए ।

सानोठिमी क्याम्पसको छात्राबासमा बसेर उनले शिक्षा संकायतर्फबाट नेपाली विषयमा प्रविणता प्रमाणपत्र तह र स्नातक तह उत्तीर्ण गरे । त्यहाँ पनि उनको उत्ती’र्णांक प्रथम श्रेणी नै रह्यो ।भण्डारीले पढाइ रोकिएन । स्नातकोत्तर तह पनि त्रिभुवन विश्वविद्यालयको होस्टेलमै बसेर शिक्षा र मानविकी संकायमा एकैपटक दुवै विषयमा प्रथम श्रेणीमा उत्तीर्ण गरे ।

पढाइ पूरा भएसँगै उनलाई अवसरले पनि पछ्यायो ।२०६७ सालमा ललितपुरको श्रमजीत किशोर माविमा दृष्टि’विहीन राहत कोटामा मावि तहको लागि शिक्षकको आवेदन माग भयो । उनले आत्म’विश्वासका साथ आवेदन दिए । उनी परीक्षामा सामेत भए, पहिलो नम्बरमै नाम निकालेर जागिरे जीवन शुरूवात गरे ।

सबै ठाउँमा प्रथम उनी अहिले काठमाडौंमै डेरामा बस्छन् । जागिरे जीवनसँगै उनी स्थायी जागिरे हुनको लागि शिक्षक सेवा आयोगको तयारी पनि गरिरहेका थिए । २०६९ सालमा शिक्षक सेवा आयोग खुल्यो । उनले प्रावि, निमावि र मावि गरी तीनै तहको लागि आवेदन दिए ।

उनी प्रावि र निमाविमा पहिलो प्रयासमै स्थायी शिक्षकमा नाम निकाल्न सफल भए । उनी हाल नेपाल आद’र्श मावि काठमाडौंमा पठनपाठन गराउँछन् ।‘म अपा’ङ्ग भए पनि कहिल्यै असफल भइनँ । सधैं सफल भइरहे । मेहनत पनि गरिरहें,’ भण्डारी भन्छन् । कानूनमा बाध्य’कारी व्यवस्था भएर मात्रै अहिले धेरै दृ’ष्टिविहीन पनि सरकारी सेवामा प्रवेश गरेका उनी बताउँछन् ।

‘नत्र अपाङ्गता भएका नागरिक राज्यको सबै तहमा पुग्ने थिएनन्,’ उनले भने ।भण्डारी अ’पाङ्गत भएका व्यक्तिलाई घर परिवारले अन्य सदस्य जस्तै वातावरण दिनुपर्ने बताउँछन् । ‘अपाङ्ग’ता भएकाहरूलाई धेरै माया पनि गर्नु हुँदैन । भे’दभावपूर्ण व्यवहार गरेर घृ’णा पनि गर्नु हुँदैन । अपा’ङ्गता भएका व्यक्तिहरूका लागि यी दुवै घात’क हुन् ।

अन्य सबै सरहको व्यवहार गरेमा उनीहरू पनि कुनै पनि कुरामा कम हुँदैनन्,’ कलाधर भन्छन्, ‘यो समाजले चुनौती मात्रै होइन, एउटा नयाँ बाटो नै निर्माण गरेको हुन्छ । आफूभित्र लुकेर रहेको प्रतिभा अपा’ङ्गता भएकाले निकाल्न जरुरी छ ।’उनी जागिर मात्रै गर्दैनन्, सामाजिक क्षेत्रमा पनि जोडिएका छन ।

नेपाल नेत्रहीन युवा संघ नेपालको केन्द्रीय अध्यक्ष छन्, जुन संस्थालाई उनले १० वर्षदेखि हाँकिरहेका छन् । नेपाल नेत्रहीन संघको पनि उनी केन्द्रीय सचिव हुन् । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद्को सदस्यमा समेत उनलाई सरकारले नियुक्त गरेको छ । उनी स्कूल कमिटीदेखि नेकपा एमाले निक’ट अखिलको सदस्य हुँदै राजनीतिमा पनि जोडिएका छन् ।

उनी २०६० सालमा सानोठिमी क्याम्पसमा स्ववियूमा सर्वाधिक मत ल्याएर सदस्य जितेका थिए । ‘अपा’ङ्गता भएका मानिसमा केही सीमाहरू र सीमितता हुन्छन् ।राज्यले निर्माण गर्ने संरच’नाले थप समस्यामा पार्ने गरेको देखिन्छ,’ उनले भने, ‘हामीले निर्माण गरेका भौतिक सं’रचनाहरू अपा’ङ्गमैत्री हुन नसक्दा त्यसले कदम–कदममा अपा’ङ्गता भएको अनुभूति दिलाइरहन्छ ।’

भण्डारीको एउटा छोरा ७ वर्षको पुगिसकेका छन् । उनले चितवनकी कोपिला केसीसँगको प्रेम सम्बन्धलाई मागी विवाहमा परिवर्तन गरेका हुन् । कोपिला पनि शिक्षक हुन् । कोपिलाले चितवनको बालकुमारी माविमा पढाउँछिन् । कलाधर–कोपिलाको जोडी लोभलाग्दो छ ।

‘अ’पाङ्गता भएका व्यक्तिले स्वास्थ्य सम्बन्धी सेवा पाएका छैनन् । अपा’ङ्गको स्वास्थ्य जटिल छ । अपा’ङ्गता भएका व्यक्तिको ‘फिजिकल एक्सरसाइज’ हुँदैन । जसले गर्दा युवा अवस्थामै सुगर, प्रेसर जस्ता नसर्ने रोगको शिकार हुनुपर्ने अवस्था छ,’ भण्डारीले भने, ‘त्यसलाई रो’कथामका लागि

राज्यले अपा’ङ्गमैत्री फिटनेस सेन्टर बनाउन जरुरी छ ।’
नेपालमा कूल जनसंख्याको २ प्रतिशत अ’पाङ्गता भएका व्यक्ति छन् । तीमध्ये करीब ५ लाख दृष्टिवि’हीन छन् । सरकारले फरक क्षमता भएका व्यक्तिको संरक्षण लगायतका क्षेत्रमा सहयोग नगरे पनि सीप क्षमताका आधारमा रोजगार व्यवस्थापन गरिदिए धेरै राहत मिल्ने भण्डारीले बताए ।

प्रतिकृया दिनुहोस्