२०७८ कार्तिक ९ मंगलवार

मलेसिया सरकारको घोषणा : डिसेम्बर २०२१ बाट कामदारको तलब वृद्धि गर्ने !

क्वालालम्पुर : मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारको न्युनतम मासिक पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ ।मलेसिया सरकारले अघिल्लो बर्ष अक्टोबरमा घोषणा

गरिएअनुसार एक सय रिंगिटले वृद्धि भएको न्युनतम मासिक पारिश्रमिक पुनः वृद्धि हुने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ । तर त्यबारेमा मलेसिया सरकारले कुनै

आधिकारिक रुपमा बोलेको भने छैन । स्थानीय सञ्चारमाध्यमका अनुसार घरेलु क्षेत्रमा कार्यरत कामदार सहित सबै कामदारका हकमा उक्त नयाँ पारिश्रमिक लागू हुनेछ । मलेसियामा कामदारको तलब मासिक कतिले वृद्धि हुनेछ

भन्ने कुराहरु समाचार एजेन्सिले खोलुलाएको भने छैन ।
समाचार एजेन्सीहरुले बताए अनुसार मलेसियामा लागू भएमा अब मलेसियामा निजी क्षेत्रमा कार्यरत सबै स्थानीय र विदेशी दुबैखाले कामदारले बढेको पारिश्रमिक पाउनेछन् ।

यो नीति पूर्ण रुपमा लागू भएमा यहांका विभिन्न क्षेत्रमा कार्यरत ५ लाखभन्दा बढी नेपाली यसबाट लाभान्वित हुनेछन् ।
मलेसियाले गत सन् २०१२ मे दिवसको अवसर पारेर

पहिलोपटक न्युनतम पारिश्रीमक लागूसम्बन्धी नीति घोषणा गरेको थियो । यहां बहुसंख्यक नेपाली पश्चिमी मलेसियामा कार्यरत रहेका छन् भने पूर्वी मलेसियामा काम गर्ने नेपालीको संख्या निकै कम छ ।-चिया गफ बाट

२०७८ आश्विन २७, बुधबार १५:४१ गते 1 Minute 168 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार