२०७८ कार्तिक ९ मंगलवार

कमिटेड कामदार अब एक महिनामै फर्किन पाउने नयाँ नियम भोलिबाट कोरियामा लागु हुदै !

सिओल : दक्षिण कोरियाले विदेशी कामदारहरुका लागि बेला बेलामा नयाँ नयाँ नियमहरु ल्याउने गरेको छ। यसैक्रममा कोरियाका एउटै कम्पनीमा लगातार चार वर्ष १० महिना

काम गरेर स्वदेश फर्की पुनः प्रतिब’द्ध (कमिटेड) श्रमिकको रुपमा त्यही कम्पनीमा आउनका लागि तीन महिनापछि मात्र आउन पाउने हालको व्यवस्थालाई एक महिनामै आउन पाउने गरी कानुन लागुहुने भएको छ।

यो नियम कोरियामा भोलिबाट लागू हुनेछ। परिवर्तन हुन लागेको नयाँ नियमले आगामी दिनमा बिनाशर्त स्वेच्छाले कार्यस्थल परिवर्तन गर्न पाउनुपर्ने कानुन बनाउन सबै प्रवासी श्रमिक एकजुट हुनु आवश्यक भएको प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले बताए ।

नियमानुसार कार्यस्थल परिवर्तन गरेका श्रमिक पनि कमिटेड भई कोरियामा सहज तरिकाले पुनः रोजगारी प्राप्त गर्न सक्नेछन् । यसका लागि आफूले पहिला छाडेको कामकै क्षेत्रमा नयाँ काममा लाग्नु पर्ने, भाषा र कामको दक्षता आदि पूरा

गरी श्रमिकले अर्को कम्पनीमा कम्तीमा पनि एक वर्ष काम गरेको हुनुपर्नेछ। अहिलेसम्म कोरियामा कम्पनीको कारणबाहेक कार्यस्थल परिवर्तन गरेमा चार वर्ष १० महिना भिसा सकिएर स्वदेश फर्किएपछि पुनः कमिटेड श्रमिकका रूपमा जान नपाउने नियम छ।

त्यस्तै कम्पनीमा यौन दु’व्र्य’वहारमा परी कार्यस्थल परिवर्तन गरेका श्रमिकले अर्को कम्पनीमा एक वर्ष नपुगे पनि सम्बन्धित निकायको सिफारिसमा पुनः कमिटेड श्रमिकका रूपमा आउन पाउने कानुन आउने भएको छ ।-हाम्रा खबर

२०७८ आश्विन २७, बुधबार १६:५८ गते 1 Minute 113 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार