२०७८ कार्तिक ९ मंगलवार

नेयमारले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा !

काठमाडौं : ब्राजिलियन फरवार्ड नेयमारले विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्यास लिने भएका छन् । उनले आगामी फिफा विश्वकप फुटबल प्रतियोगितापछि अन्तर्राष्ट्रिय फुटबल खेलबाट बिदा लिने बताएका छन् ।

२९ वर्षीय नेयमारले यस्तो घोषणा गरेपछि संसारभर उनका समर्थकहरू चकित परेका छन् । डीएडेजएनले बनाएको डकुमेन्ट्री ‘नेयमार एन्ड द लाइन अफ किङग्स’ मा २९ वर्षीय नेयमारले आगामी वर्ष हुने विश्वकप आफ्ना लागि अन्तिम हुने बताए।

अहिले उनले अन्तराष्ट्रिय फुटबल छाड्ने बताएकोबारे सामाजिक संजालमा चर्चा भैरहेको छ । नेयमारले भनेका छन्, ‘मलाई लाग्छ यो (२०२२) विश्वकप मेरा लागि अन्तिम हुनेछ।’ त्यसपछि आफू फुटबलका लागि मानसिक रूपमा सक्षम हुने वा नहुने निश्चित नभएको उनले बताएका छन्।

उनले २०२२ पछिको विश्वकपका लागि आफू मानसिक रुपमा सक्षम रहने वा नरहनेबारे थाहा नभएको उल्लेख गरेका छन्। ‘म मेरो देशलाई जिताउन र मेरो सपना साकार गर्नका लागि

सबै गर्नेछु,’ उनले भने। नेयमारले विश्वकप छनोट खेलअन्तर्गत आइतबार ब्राजिलका लागि खेलेका थिए। जसमा ब्राजिल कोलम्बियासँग गोलरहित बराबरीमा रोकियो। १० टोली सहभागी राउन्ड रोबिन प्रतियोगितामा ब्राजिलले १० खेलमा २८ अंक जोडेको छ। ब्राजिल शीर्षस्थानमा यथावत् रहेको छ।

कोलम्बिया १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।
नेइमारले दुईवटा विश्वकप खेलिसकेका छन् । ब्राजिलमै सम्मन्न २०१४ को विश्वकपमा नेइमार क्वार्टरफाइनलमा कोलम्बियाविरुद्धको खेलमा घा इ’ते भएका थिए । उनको ढाडमा चो ट लागेको थियो । सेमिफाइनलमा ब्राजिलले जर्मनीसँग ७–१ को लज्जास्पद हार बेहोरेको थियो ।

२०७८ आश्विन २७, बुधबार १७:०३ गते 0 Minutes 137 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार