२०७८ आश्विन १३ बुधबार

खुशीको खबर : आईपिएलमा १० टिम हुने, सन्दिप लामिछानेले पनि मौका पाउने संम्भावना ।

काठमाडौं : इण्डियन प्रिमियर लिगमा १० टिम हुने भएका छन् । अहिले ८ टिम भएको लिगमा २ टिम थप्न लागिएको हो । भारतीय क्रिकेट बोर्ड बीसीसीआइले आगामी २०२२ को सिजनको लागि १० टिम बनाउने निर्णय गरेको हो ।

२०२१ मा भने ८ टिम नै हुनेछन् जसको तालिकासमेत सार्वजनिक भइसकेको छ । बीसीसीआइले २०२२ को सिजनको लागि २ नयाँ टिम थप्नेछ । यी दुई टिमको स्वामित्वको लागि बीसीसीआइले आगामी मे महिनामा लिलामी गर्ने निर्णय गरेको छ ।

बीसीसीआइ अध्यक्ष सौरभ गांगुली, सचिव जय शाहसहित बीसीसीआइका शीर्ष अधिकारीहरुले एक बैठकमा यस्तो निर्णय गरेका हुन् । यो वर्षको सुरुवातमा आइपिएल संचालन समितिले अनुमोदन गरेको विभिन्न नीतिगत निर्णयमाथि विचार गर्नको लागि शनिबार बैठक बसेको थियो ।

बीसीसीआइका एक अधिकारीले समाचार एजेन्सी पीटीआइसँग कुरा गर्दै भने ‘अर्को वर्षदेखि आइपिएलमा १० टिम हुनेछन् । यस वर्ष मे महिनासम्म नयाँ फ्रेन्चाइजको लिलामी प्रक्रिया र यससम्बन्धी अन्य कुराहरुलाई अन्तिम रुप दिइनेछ ।

एक पटक टिमहरु तय भएपछि उनीहरुले आफ्नो परिचालन कार्य सुरु गर्न सक्नेछन् जसमा निकै समय लाग्छ ।’ आईपिएलमा १० टिम सहभागि भएमा नेपालमा स्पिनर सन्दिप लामिछानेले पनि मौका पाउने सम्भावना रहेको छ । यसपटकको अक्सनमा भने सन्दिपलाई कुनै पनि टिमले खरिद गरेनन् ।

पाकिस्तान फ्रेन्डसिप क्रिकेटको उपाधि ग्रेट हिमालयलाई

एन्जल्स हार्ट एकेडेमीलाई पराजित गर्दै ग्रेट हिमालय क्रिकेट एकेडेमीले नेपाल पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनलमा एन्जल्स हार्ट एकेडेमीलाई एक सय सात रनले हराएर ग्रेट हिमालयले उपाधि जितेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएका ग्रेट हिमालयनले २० ओभरमा दुई सय २० रन बनायो । उसका लािग हेमन्त श्रीवास्तवले एक सय ६ रनको योगदान दिनुभयो । अशोक पौडेलले ३६ रन बनाउनुभयो ।

बलिङतर्फ एन्जल्सका लागि श्याम त्रिपाठीले चार तथा विपिन न्यौपानेले तीन विकेट लिनुभयो । दुई सय २१ रनको विजय लक्ष्य पछ्याएको एन्जल्सले १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय १३ रन मात्र बनाउन सक्यो ।

उसका लागि दिनेश पुनले सर्वाधिक २१ रन बनाउनुभयो । विवेक न्यौपानेले १७ रन जोड्नुभयो । बलिङतर्फ ग्रेट हिमालयका सुशान्त तिमिल्सिना र अशोक पौडेलले तीन/ तीन विकेट लिनुभयो । प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गरेका थिए।

२०७७ चैत्र २, सोमबार ०८:०९ गते 0 Minutes 524 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार