२०७८ आश्विन १ शुक्रबार

क्रिकेटको कपि गर्दै नेपाल सुपर लिगका फ्रेन्चाइज टिम र मालिक सार्वजनिक !

काठमाडौं : नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को टिम र टिम मालिकको घोषणा भएको छ । आयोजक नेपाल स्पोर्टस् म्यानेजमेन्टले आइतबार सोल्टी होटलमा एक

कार्यक्रम गरी सात फ्रेन्चाइज टिम र टिम मालिकको घोषणा गरेको हो । देशका सात सहरको नामबाट ७ टिम र टिम मालिक सार्वजनिक गरिएको छ । फ्रेन्चाइज टिमहरुमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा

थण्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब र धनगढी फुटबल क्लब रहेका छन् । फ्रेन्चाइज टिम मालिकहरुले एनएसएलमा सहरको प्रतिनिधित्व गर्दै सहभागी हुन पाउँदा उत्साहित रहेको बताए । एनएसएस आगामी वैशाख ११ देखि २५ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा आयोजना गरिनेछ ।

सिंगल राउण्ड रोविन लिगका आधारमा एनएसएल हुनेछ । एनएसएसलाई अखिल नेपाल फुटबल संघ एन्फाले प्राविधिक सहयोग गर्नेछ । २०१९ जनवरी १ मा एनएसएस गर्ने घोषणा भएपनि त्यसको दुई वर्षपछि मात्रै यसले मूर्त रुप लिन लागेको हो ।

क्रिकेटमा जस्तै अब फुटबलमा पनि सहरको नामबाट टिम बनाएर खेलाडीको अक्सन गरेर एनएसएल आयोजना गर्न लागिएको हो । विदेशी खेलाडी समेत लिगमा समावेश हुने आयोजकले जनाएको छ । भारतीय कलाकार सोहेल खान गुडविल एम्बासडरको रुपमा रहने आयोजकले जनाएको छ ।

नेपाल स्पोर्टस् एण्ड ईभेन्ट म्यानेजमेन्टले भविष्यमा क्रिकेट, भलिबल लगायत अन्य खेलको पनि फ्रेन्चाईज लेभलको प्रतियोगिता गर्ने योजना बनाएको जनाएको छ ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले एनएसएसले नेपाली फुटबलमा नयाँ इतिहास रच्ने बताए । ‘यसले नेपाली फुटबललाई व्यवसायिकतातर्फ लैजाने विश्वास छ । नेपालमा चलिरहेको लिगलाई पनि व्यवस्थित गर्दै एनएसएललाई पनि अघि बढाइनेछ,’ शेर्पाले भने ।ताजा खबर बाट

२०७७ चैत्र २, सोमबार ११:१८ गते 0 Minutes 502 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार