२०७८ आश्विन १ शुक्रबार

सगरमाथा आरोहणका लागि बहराइनका राजपरिवार सदस्यसहित १६ जना नेपाल आइपुगे ।

काठमाडौं : बहराइनका राजपरिवार सदस्य शेख मोहम्मद अमाद अल कोलिफासहितको १६ जनाको टोली सोमबार नेपाल आएका छन् ।

बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर नेपाल आएका उक्त टोलीले विश्वको सर्वोच्च शिखर‘सगरमाथा’ को आ’रोहण गर्ने जनाइएको छ । गत अक्टोबर २०२० मा लोबुचे र मनास्लु हिमाल आरो’हण गरेर फर्किएका उक्त टोलीले यसपटक भने

सगरमाथाको आ’रोहण गर्न लागेका हुन् । १३ जना बहराइन नागरिकसहित ३ जना बेलायती नागरिक समेत रहको उक्त टोलीले सगरमाथा आरोह’णसहित नेपालको केहि जिल्ला घुम्ने योजना समेत बनाएको छ ।

सो अवसरमा टोलीले गोरखाको जिल्लाको चुम’नुब्री गाउँपालिकास्थित समा गाउँका बासिन्दाका लागि को’रोना भा’इरस वि\रुद्धको खोप निःशुल्क प्रदान गर्नेछन् । यो टोली न्यून’तम ८० दिन नेपालमा रहनेछ ।

यो पनि
सुन्दरहरैचाका नगरपालिकाका युवाहरुलाई नेपाल बंगलादेश बैंकले ४ प्रतिशत ब्याजमा क’र्जा दिने !

काठमाडौँ : नेपाल बंगलादेश तथा सुन्दरहरैंचा नगरपालिकाका बीच उक्त क्षेत्रका युवाहरुलेले उद्यम गर्न चाहेमा २ लाखदेखि १५ लाख रुपैयाँसम्म ४ प्रतिशत ब्याजदरमा ऋ’ण उपलब्ध गराउने सम्झौता गरिेएको छ ।

क’र्जाका लागि आवश्यक पर्ने फर्म दर्ता, चार किल्ला प्रमा’णित, घरबाटो लगायत अन्य सिफारिश नगरपालिकाले निःशुल्क उपलब्ध गराउने भएको छ । नगरपालिकाको तर्फबाट नगर प्रमुख शिवप्रसाद ढकाल र बैंकको तर्फबाट प्रदेश १ का प्रमुख कृष्ण प्रसाद तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सो ऋ’ण पाउनका लागि निवेदकले वडामा निवेदन दिएपछि वडाले नगरपालिकालाई सिफारिश गर्नेछ र त्यसकै आधारमा नगरले बैंकसँग ऋ’ण प्रदानगर्न सिफारिश गर्ने सम्झौतामा उल्लेख छ । ऋण खराब कर्जामा परिणत भए नगरले सो कर्जा उठाउन पहल गर्ने र राज्यले दिने सबै सेवा र सुविधाबाट वञ्चित पनि गर्न सक्ने जानकारी गराएको छ ।

बैंकका प्रदेश प्रमुख तिम्सिनाले बैंकिङ पहुँच कम भएकाहरुको लागि यो व्यवस्था गरिएको बताए । त्यस्तै, शिक्षित युवा स्वरोजगार शीर्षकमा अधिकतम सात लाख रुपैयाँसम्म ऋ’ण प्रदानगर्ने उनले जानकारी दिए ।

विदेशबाट फर्किएका युवा, दलित युवा, स्वरोजगार बन्न चाहने युवा र उद्यमी बन्न चाहने महिलाका लागि पनि यो योजना ल्याइएको जानकारी दिनुभयो । पुरुषका लागि अधिकतम ४ प्रतिशत र महिलाका लागि अधिकतम ३ प्रतिशत ब्याजदरमा ऋ’ण दिने गरी बैंकसँग सहमति भएको हो ।

सम्झौतापत्रमा हस्ताक्षर भएको मितिबाट २ वर्षसम्म कायम रहने गरी हस्ताक्षर भएपनि नगरपालिकाको दायित्व कर्जा बहाल रहेसम्म रहने प्रदेश प्रमुख तिम्सिनाले बताए । सम्झौता अवधी समाप्तिपछि दुवै पक्षको आपसी सहमतिमा नवीकरण गर्न पनि सकिने सम्झौतापत्रमा उल्लेख छ ।

२०७७ चैत्र २, सोमबार २२:२५ गते 1 Minute 559 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार