शनिबार , जेठ २९, २०७८

एउटै परदेशका ४ सांसद फर्किए ओलीतिर, यी हुन् प्रचण्डलाई गलत्याउने नेता !

चैत्र २, २०७७ सोमबार 678

काठमान्डौ : साबिक नेकपा विभाजनका तीन महिनासम्म प्रचण्ड-माधव पक्षले आफ्नै समूहमा राखेका गुल्मीबाट निर्वाचित माओवादीका प्रदेशसभा सदस्य दिनेश पन्थी अचानक एमालेको केन्द्रीय सदस्य मनोनित हुँदा लुम्विनीमा खैलाबैला मच्चियो ।

गुल्मीमा गोकर्ण विष्टको निर्वाचन क्षेत्रबाटै प्रदेशसभामा जितेका पन्थी गोकर्ण जत्तिकै लोकप्रिय नेता मानिन्छन् । विभाजनको शुरुदेखिनै केपी ओलीलाई साथ दिएका टोपवहादुर रायमाझीले माओवादीका अन्य तीन सांसद समेत एमालेमा लगेपछि यस क्षेत्रमा माओवादी थप कमजोर बनेको छ ।

नेकपा विवादकै शुरुवातीदेखि माओवादी खेमाबाट प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाई लुम्बिनी प्रदेशबाट साथ दिएका ४ जनालाई नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ ।

अर्घाखाँचीबाट प्रतिनिधि सभामा निर्वाचित ऊर्जामन्त्री टोपबहादुर रायमाझी, राष्ट्रिय सभा सदस्य अर्घाखाँचीका चन्द्रबहादुर खड्का तथा रुपन्देहीबाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित दधिराम न्यौपाने र गुल्मीबाट निर्वाचित दिनेश पन्थी नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।

सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भए पनि उनीहरुले आफूहरु माओवादी केन्द्रबाट चु’नाव लडेपनि अब मन्त्री तथा सांसद पद नरहेपनि केपी ओलीले नेतृ’त्व गरेको नेकपा एमालेमा रहने घोष’णा गरेका थिए ।

माओवादीले कारवाही प्रक्रिया अघि बढाएमा लुम्विनीका संघीय र प्रदेश सांसदगरि चारजनाको पद जान सक्छ । लुम्विनीकै नेता कपिलवस्तु इन्चा’र्ज गिरिधारीलाल न्यौपानेले पनि माओवादी छाडेर एमालेको केन्द्रीय सदस्य बनेका छन् ।

एमालेमा लागेका केन्द्रीय सदस्य तथा सांसद न्यौपानेले पद अस्थायी कुरा भएकाले विचारका आधारमा आफूहरु एमालेमा लागेको बताए । उनले प्रचण्डमा अस्थिरता रहेको भन्दै माओवादी धाराको राजनीति असफल भइसकेको प्रतिक्रिया दिएका छन् ।

माओवादीले चाल्यो यस्तो कदम

शुक्रबार बसेको स्थायी कमिटी बैठकले एमालेमा गएका गृहमन्त्री रामबहादुर थापासहित आफ्ना नेताहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन आग्रह गरेको माओवादी केन्द्रले उनीहरूलाई कारबाही गर्ने तयारी गरेको छ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलका अनुसार बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु गरिनेछ।

‘आजको बैठकमा प्रमुख रूपमा विकसित पछिल्लो घटनाक्रमबारे बि’फ्रिङ हुनेछ,’ नेता पोखरेलले भने, ‘सर्वोच्च अदालतको फैसलादेखि समसामयिक अन्य विषयमा आज छलफल हुनेछ।’

२४ घण्टाभित्र स्पष्टी’करण दिन भनिएका २३ नेताका सन्दर्भमा आज के होला भन्ने प्रश्नमा उनले भने, ‘उनीहरूका हातमा पत्र पुग्योरपुगेन, के-कस्ता प्रतिक्रिया आएर आएनन्, पार्टी कार्यालयले जानकारी गराएपछि त्यस आधारमा अघि बढिन्छ।’

उनका अनुसार पत्र पुगेको २४ घण्टाभित्र कुनै प्रतिक्रिया नदिने वा ‘हामीले जे गरेका छौं ठीक गरेका छौं’ भन्ने प्रतिक्रिया दिने नेताविरुद्ध कारबाही प्रक्रिया अघि बढाइनेछ।

आज यो विषयसहित पार्टीको नाम फेर्ने एजेन्डामा पनि छलफल सुरु हुन सक्ने उनले बताए। ‘निर्णय नै त आज नहोला, तर छलफल सुरु हुन्छ,’ उनले भने।

प्रतिकृया दिनुहोस्