आइतबार , जेठ ३०, २०७८

बधाई ! नेपाली चेली सृजना राना मगर भइन अमेरिकन आर्मिको उच्च पदमा छनोट हुन सफल !

चैत्र ३, २०७७ मंगलबार 552

काठमाडौ : सृजना राना मगर धरानमा बसोबास गर्दै आएका थिईन। सानै देखि आर्मी बन्नमा रुचि भएको सृजनाले धरानमा आफ्नो +2 को अध्ययन पूरा गरे पछि नेपाल आर्मिको सेकेन्ड

लेफ्टिनेन्ट पदको लागि भर्ती लाग्न प्रयास गरिन तर असफल भएपछि उसले आफ्नो ब्याचलर को पढाइ अघि बढाउदै जादा उसलाई डिभि परेर सृजना अमेरिका गईन। अमेरिकामा गएर उसले गोप्य रुपमा परिवारलाई पनि नभनी अमेरिकन आर्मिमा

निबेदन दिए र सफल भए पछि परिवारलाई जानकारी गराए। उसको आर्मी बन्ने रहरसाहस र संकल्पलाई गोर्खा कम्पनी ट्रेनिङ लाई सलाम गर्दछ। बैनि सृजनालाई अमेरिकन आर्मिमा अझै सफलता प्राप्तीका लागि शुभकामना ब्यक्त गर्दै हार्दिक बधाई दिन चाहन्छौ!

यो पनि !
ओलीलाई फाइदै फाइदा !

काठमाडौं नेपाली काँग्रसका सभापति शेरबहादुर देउवाले बेवास्ता गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई फाइदा पुगेको छ । जबकी सभापति देउवाले बेवास्ता गर्दा (जसपा) अनिर्णित बनेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले तीन दलको गठ’बन्धन बनाउन अ’ग्रसरता नलिएपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि तत्कालै कुनै निर्णय नलिने संकेत गर्नु परेकाे छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाको एउटा धारले देउवालाई उनकै निवास बूढानीलकण्ठ पुगेर औ’पचारिक रुपमै प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा पनि देउवाले अग्र’सरता नलिएको उनीहरुको गुना’सो छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले गत शुक्रबार देउवालाई प्रधानमन्त्री स्वीकार्ने बताएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त्यसअघि नै प्रस्ताव गरिसकेका थिए ।

जसपाभित्र अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको धारले भने अहिल्यै कसैलाई पनि समर्थन गर्न नहुने फरक धारणा राख्दै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउन कार्यदल नै बनाएर छलफल गरिरहेका बेला काँग्रेस सभापति देउवाले भने एकपटक पनि आफूहरुलाई बोलाएर छलफल नगरेको जसपाका नेताहरुको भनाइ छ ।

हामी आफैले समय लिएर आफ्नो एजे’न्डा राख्न गत शुक्रबार गएका थियौँ तर देउवाले हामीलाई बोलाएर एकपटक पनि छलफल गरेका छैनन्,’ वरिष्ठ नेता राजेन्द्र महतोले भने, ‘सित्तैमा सहयोग गर्ने वाला छैनौँ । जसले हाम्रा मु’द्दा सम्बोधन गर्ने भरोसा दिलाउँछ, उसैलाई हामी सहयोग गर्छौं ।’ यो खबर कान्तिपुर दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्