२०७८ कार्तिक ११ बिहीबार

साउदीमा विदेशी कामदारले पनि सरकारी जागिर खान सक्ने, कम्पनीले छुट्टी नदिए पनि फर्कन पाईने ।

काठमाण्डौ : साउदीमा कार्यरत आप्रवा’सी श्र’मिकले अब रोजगारदाताको अनु’मति बिनै काम फेर्न र आफ्नो देश फर्कन पाउने भएका छन् ।

साउदीको अनला’इन समाचार पोर्टल अरब न्युजका अनुसार साउदी सरकारले आफ्नो क’फला सि’स्टमलाई परिमार्जन गर्दै साउदीमा कार्यरत श्रमिकले आइतबारदेखि काम परिवर्तन गर्न र

आफ्नो देश फर्कन रोजगारदाताको अनुमति लिन न’पर्ने व्यवस्था गरेको हो । साउदी सरकारले केही समय अघि नै गरेको यो घोषणा आज आइतबारदेखि लागू भएको हो । क’फला प्रणाली अन्तर्गत साउदीमा कार्यरत श्रमिकले

काम परिवर्तन गर्न र स्वदेश फर्कनका लागि आफू आबद्ध रोजगारदाताको पूर्व स्वीकृति दिनुपथ्र्यो । रोजगारदाताले अनुमति नदिएसम्म स्वदेश फर्कनसमेत पाइदैन थियो ।

तर अब साउदी सरकारले ल्याएको यो नयाँ नियमले त्यहाँ कार्यरत ला’खौँ नेपालीसहित विदेशी श्रमिकलाई फाइदा पुग्नेछ । स्पन्सरको अनुम’ति बिना स्वदेशसमेत फर्कन नपा’उने

साउदी सरकारको नियमले धेरै विदेशी श्रमि’कको मानवअधिकारको समेत हन’न भएको भन्दै वि’रोध भएको थियो ।साउदीले विदेशी नागरिकले पनि अब सिधैं सरकारी कामका लागि आवेदन दिन सक्ने भनेको छ । यसअघि कतारले पनि यही नियम लागू गरिसकेको छ ।

२०७७ चैत्र ३, मंगलवार १७:५२ गते 0 Minutes 803 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार