शनिबार , जेठ २९, २०७८

गृहमन्त्रीलाई भेटेर पाकिस्तानी राजदुतले भने – नेपाली क्रिकेटलाई टेस्ट राष्ट्र बनाउन ठुलो सहयोग गर्नेछौ ।

चैत्र ४, २०७७ बुधबार 254

काठमाडौँ : नेपालको क्रिकेटमा भइरहेको प्रगती देखेर टेस्ट मान्यता प्राप्त राष्ट्र पाकिस्तानले चासो व्यक्त गरेको छ। नेपाल स्थित पाकिस्तानी राजदूत सइद हैदरले नेपाली क्रिकेटको विकासमा नेपाललाई जस्तो सुकै सहयोग गर्न आँफूहरु तयार रहेको बताएका हुन्।

सोमबार गृहमन्त्री रामबहादुर थापा’बादल’लाई भेट्दै हैदरले क्रिकेट विकासका लागि सहयोग गर्ने इच्छा व्यक्त गरेका हुन्। उनले क्रिकेटप्रति नेपालीको आकर्षणबाट आँफू अत्यन्तै प्रभावित बनेको पनि बताएका थिए। पाकिस्तान सरकार नेपाललाई टेस्ट मान्यता दिलाउने देखि लिएर धेरै पक्षमा सहयोग गर्न लालायित भएको उनले बताएका थिए।

भेटमा गृहमन्त्री थापाले नेपालमा राजदुतको रुपमा कार्यभार सम्हालेकोमा हैदरलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै राजदूत हैदरको कार्यकालमा नेपाल पाकिस्तान सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे। भेटमा गृहमन्त्री थापाले नेपाल र पाकिस्तानबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पाकिस्तानले गर्दै

आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे। उनले केही समयअघिमात्रै नेपाली पर्वतारोही टोलीले पाकिस्तानमा रहेको विश्वकै दोस्रो सर्वोच्च शिखर केटुको हिउँदमा सफल आरोहण

गरेको स्मरण गर्दै सो कार्यमा पाकिस्तान सरकारले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे। उनले नेपाल र पाकिस्तानबीच सुरक्षा क्षेत्रमा प्रविधि, तालिम, अनुभव लगायतमा सहयोग आदानप्रदान बढाउँदै लैजानुपर्ने बताए।

विशाल राई धनगढी एफसीको मार्की खेलाडी

नेपाल सुपर लिग फ्रेन्चाइज फुटबल लिग क्लब धनगढी एफसीले राष्ट्रिय फुटबल टिमका सदस्य विशाल राईलाई मार्की खेलाडीको रुपमा भित्र्याएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी धनगढी एफसीले विशाल राईलाई आफ्नो मार्की खेलाडीको रुपमा सार्वजनिक गरेको हो ।

धनगढीका टिम मालिक सुवासबहादुर शाही र विशालले सम्झौता पत्रमा हस्ताक्षर गरे । धनगढीका मार्की खेलाडी नियुक्त भएपछि बोल्दै विशालले टिमको लक्ष्य उपाधि उचाल्नु रहेको बताए । ‘टिमको मार्की खेलाडी हुन पाउँदा खुसी छु । हामी जित्नका लागि खेल्ने छौँ,’ विशालले भने ।

गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एशियाली खेलकुद (साग) मा राष्ट्रिय टिमले स्वर्ण पदक जित्दा राई टोलीको महत्वपूर्ण सदस्यका रुपमा रहेका थिए । यसबाहेक राईले राष्ट्रिय टोलीका लागि बंगबन्धु गोल्डकप र एएफसी सोलिडारिटी कपको उपाधिसमेत उचालेका छन् ।

राष्ट्रिय टिमका नियमित सदस्य विशाल मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबबाट ‘ए’ डिभिजन लिग जितिसकेका छन् । पछिल्लो सिजन मछिन्द्रले लिगको उपाधि जित्दा विशाल टिमका मुख्य खेलाडी रहेका थिए । धनगढी र विशालबीचको सम्झौता एक वर्षको रहने र सम्झौता रकम भने गोप्य रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्