२०७८ आश्विन २ शनिबार

विदेशबाट आयत हुने पिउने पानीमा पूर्ण प्रतिबन्ध लगाउन सिफारिस !

काठमाडौँ,चैत २ , नेपालमा पिउने पानीको आयातमा पूर्ण प्रतिबन्ध लगाउन संसदीय उपसमितिले सरकारलाई सिफारिस गरेको छ ।

प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको बजार अनुगमन उपसमितले तयार पारेको प्रतिवेदनमा विदेशबाट हुने पिउने पानीको आयातमा पूर्ण रोक लगाउन निर्देशन दिन सिफारिस गरेको हो ।


उपसमितिले बुझाएको प्रतिवेदन समितिबाट अनुमोदन भइसकेको समिति बिमलप्रसाद श्रीवास्तबले जानकारी दिए ।

स्वदेशमै उच्च गुणस्तरको पानी उत्पादन हुने र आयात हुने गुणस्तरको पानी नेपालमै उत्पादनको वातावरण बनाउन यस्तो प्रतिबन्ध आवश्यक देखिएको अध्ययन उपसमितिका संयोजक प्रकाश रसाईली (स्नेही) को भनाइ छ ।

नेपालमा विदेशबाट बोतलको पानी आयत हुने गरेको अध्ययनमा क्रममा भेटिएको उनले बताए । नेपालमै हिमनदी, प्राकृतिक स्रोत, खनिज स्रोत लगायतबाट उत्पादन हुने पानी उपलब्ध रहेकाले पिउने पानी आयात गर्नु बाञ्छनीय नभएको समितिको प्रतिवेदनमा भनिएको छ ।

नेपालका पानी उत्पादकहरुलाई विदेशमा पिउने पानी निर्यात गर्न सहजीकरण गर्न पनि उपसमितिले सरकारलाई भनेको छ ।
विदेशमा पानी निर्यात गर्दा उत्पादन, भण्डारण र आपूर्ति प्रक्रियाको आईएसओ सर्टिफिकेट लिएर मात्रै गर्नुपर्ने पनि उपसमितिले भनेको छ ।

२०७७ चैत्र ४, बुधबार ०४:२३ गते 0 Minutes 207 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार