२०७८ आश्विन १ शुक्रबार

बधाई ! साराले रचिन् इतिहास, बनिन् पुरुष क्रिकेटरलाई प्रशिक्षण दिने पहिलो कोच !

काठमाडौं, ३ चैत : क्रिकेट इतिहा’समा पहिलो पटक महिला खेलाडीले पुरुष क्रिकेट’रलाई प्र’शिक्षण दिने भएकी छन् ।

इंग्ल्याण्ड महिला टिमकी पूर्वखेलाडी सारा टेलरले पहिलो पटक पुरुष क्रिकेटरलाई प्रशिक्ष’ण दिने भएकी हुन् ।

इंग्ल्याण्डको काउन्टी क्लब ससे’क्सले सोमबार सारा पुरुष खेलाडीलाई पनि प्रशिक्षण दिने आधिकारिक घो’षणा गरेको हो । उनले आगामी संस्क’रणका लागि क्लबमा प्रशिक्षकको भूमिका निर्वाह गर्नेछिन् ।

साथै, ससेक्सको प्रशिक्षण टिममा एश्ले राइटलाई पनि समावेश गरिएको छ । सारा क्लबको विकेटकीपिङको पक्षमा बढी काम गर्नेछिन् ।

उनले इंग्ल्याण्डका लागि १३ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेकी छन् । जसक्रममा उनले २ सय २६ म्याच खेलेकी थिइन् । सारा महिला क्रिकेट इतिहासमा सबैभन्दा बढी विके’टकीपिङ गर्ने खेलाडी हुन् ।

३१ वर्षीया साराले घरे’लु क्रिकेटमा पुरुषको म्या’चमा समेत वि’केटकीपिङ गरिसकेकी छन् । उनले इंग्ल्या’ण्डका लागि १२६ वानडे, ९० टी-२० र १० टेष्ट म्याच खेलिसकेकी छन् ।

२०७७ चैत्र ४, बुधबार २१:२९ गते 1 Minute 679 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार