२०७८ कार्तिक १ सोमबार

औद्योगिक सडकमा परिवर्तन हुँदै भैरहवा-परासी खण्ड, ५० अर्ब लगानी !

भैरहवा : एक दशकअघिसम्म भैरहवा–परासी सडकखण्डको परिचय हुलाकी सडकख’ण्डका रुपमा मात्रै थियो । सामान्य आवत’जावतका लागि मात्रै प्रयोग गरिने यो खण्डको अहिले परिचय फेरिएको छ ।

भैरहवादेखि पूर्वपरासीसम्मको खण्ड औद्योगिक करि’डोरका रुपमा स्थापित हुन थालेको छ । बृहत लुम्बिनी क्षेत्र विकास परियोजनाले समेट्ने क्षेत्रभन्दा १५ किलोमिटरभित्र उद्योग खोल्न प्र’तिबन्ध लागेसँगै उद्योगहरु भैरहवा परासी करिडोरमा स्थानान्तरण भएका हुन् । जसले भैरहवा-परासी बीचको खण्डलाई औ’द्योगिक सडकख’ण्डका रुपमा विकसित हुन थालेको छ ।

भैरहवा परासीको खण्डमा श्री स्टिल र ए’शियन कं’क्रिटो स’ञ्चालन गरेका उद्योग राजेश अग्रवाल लुम्बिनी रोडमा नयाँ उद्योग खोल्न प्रतिबन्ध लागेसँगै उद्योगहरु भैरहवा परासी रोडमा सिफ्ट भएको बताउँछन् । हाल यो क्षेत्रमा ठूला लगानीका स्टिल उद्योग, मदिरा, मोटरसाइकल एसे’म्बल उद्योग सञ्चालनमा छन् । उद्योगीहरुले हालसम्म यस क्षेत्रका विभिन्न उद्योगमा ५० अर्ब हाराहारीमा पुगेको छ ।

व्यवसायिक घरा’ना लक्ष्मी ग्रुपले सिद्धी लक्ष्मी स्टिल उद्योग सञ्चालनमा ल्याएको छ । त्यसैगरी हुन्डाई गाडीका नेपालको बिक्रेता र डेरी तथा चकलेट उद्योगमा लगानी गरिरहेको लक्ष्मी ग्रुपले स्टिल उद्योगका लागि भैरहवा-परासी खण्डनै रोजेको छ ।

लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठ नेपाल भारत सीमाबाट नजिक र सस्तो जग्गा भएको कारण स्टिल उद्योगको लागि भैरहवा परासी रोडलाई रोजेको बताउँछन् ।

‘स्टिल उद्योग खोल्नका लागि अन्यत्रभन्दा जग्गाको हिसाबले भैरहवा परासी रोड उपयो’गी देखियो, नेपाल भारत सिमानाबाट नजिक तथा सडक सञ्जालले गर्दा उद्योग खोल्न त्यहाँ पुगेको हो,’ श्रेष्ठले भने । लक्ष्मी ग्रुपले स्टिल उद्योग करिब २ अर्ब रुपैयाँ लगानी गरेको छ ।

भैरहवा परासी खण्डमा श्री स्टिल्स्, सि’द्धीलक्ष्मी स्टिल विजय डिस्टिलरी, राज ब्रुअरी, सिद्धि’बिनायक फुड्स, रोहिणी एग्रो, आरती एग्रो, वेष्टर्न फ्लोर मिल, बरुण बेभरजको तराई प्लान्ट (पेप्सिकोला उद्योग सञ्चालनमा छ ।

यस्तै मिलानो सुज, इन्भिपावर इनर्जी एण्ड फर्टिलाइजरको सिएनजी ग्यास उद्योग, आसी इण्ड’ष्ट्रिज, एचएच बजाज मोटरसाइकलको एसेम्बल प्लान्ट, एशियन कं’क्रिटोलगायतका उद्योग पनि सञ्चालनमा छन् ।

मदिरा व्यवसायमा अग्रणी मानिएको जावलाखेल ग्रुप अफ कम्पनीको २ वटा मदिरा उद्योग पनि यसै क्षेत्रमा सञ्चालनमा छन् । कम्पनीले रुस्लान भोड्का उत्पादन गर्ने विजय डिस्टिलरी पहिलेदेखि नै भैरहवा परासी रोड सञ्चालन गरेको थियो ।

जावलाखेल ग्रुप अफ कम्पनीले वियर उद्योगमा समेत लगानी गर्ने र जर्मनको लोकप्रिय बियर बासडाइनर वियरको उत्पादनका लागि यही क्षेत्रलाई रोजेको थियो । राज ब्रुअरीले उद्योगमा ४ अर्ब रुपैयाँ लगानी गरेको छ । जसबाट जर्मन बियर बास’डाइनरबाहेक पछिल्लो सातादेखि बड’वाइजर बि’यरको समेत उत्पादन शुरु गरेको छ ।

नेपाल उद्योग वाणि’ज्य महासंघका अध्यक्षसमेत रहेका उद्योगी शेखर गोल्छाले नेपालमा शुरु गरेको बजाज मोटरसाइकलको एसेम्बल प्लान्ट पनि भैरहवा परासी रो’डमै छ ।

‘बुटवलदेखि भैरहवासम्म जग्गा अत्यधिक मू’ल्यवृद्धि र आवासीय घरहरु बढी भएको कारण उद्योग खोल्न सम्भव छैन, त्यसको बिकल्पका रुपमा भैरहवा परासी क्षेत्रलाई रोजिएको हो,’ अग्रवालले भने ।

सस्तो जग्गा तथा पूर्वपश्चिम राजमार्ग जानका लागि नवलपरासी भू’मईमा जाने बाटो पनि निकै राम्रो छ । नेपाल भारत सिमानासँग नजिक भएको तथा सहज बाटो भएको कारण उद्योगीको रोजाई भैरहवा परासी रोड बनेको हो ।

डुबान र विजुली मुख्य सम’स्या

औद्योगिक हवका रुपमा विकसित भएपनि वर्षाको समयमा हुने डुबान तथा प’र्याप्त विजुलीको आपूर्ति भैरहवा परासी रोडमा रहेका उद्योगले भोग्नु परेको साझा समस्या हो । उद्योगका लागि चाहिने गरेर पर्याप्त विजुलीको दिन प्राधिरकणले सकेको छैन,’ श्री स्टिल र एशियन कं’क्रिटोका सञ्चालक राजेश अग्रवाल भन्छन् ।

सरकारले उद्योगका लागि चाहिने फिडर उपलब्ध गराउने र दीर्घकालीनरुपमा औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने हो भने भैरहवा परासी खण्ड देशको नयाँ औद्योगिक क्षेत्रको रुपमा विकसित हुने धा’रणा अग्रवालको छ । क्लिकमान्डु बाट

२०७७ चैत्र ५, बिहीबार १०:३८ गते 1 Minute 990 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार