२०७८ कार्तिक १ सोमबार

जगदम्बा स्टिलको उद्योगमा लगाइएको तालाबन्दी प्रशासनले तोड्यो !

जितपुर : उद्योगले जडान गरेको नयाँ मेसिनका कारण छेउछाउका घरहरु च’र्कन थालेपछि क्ष’तिपू’र्तिको माग गर्दै स्थानीय र जितुपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ को कार्यालयले उद्योगमा लगाएको ताला प्रशासनले सोमबार

बाक्लो प्रहरीको उपस्थितिमा तो’डेको हो । सवारी साधन पाकिङ्ग र गोदाम घरका लागि भनि निर्माण गरिएको संर’चनामा जगदम्बा स्टिल प्रालिले उद्योगको नयाँ मेशिन जडान गरेर सञ्चालन गर्दा उद्योग छेउछाउमा रहेका घरका प’र्खालहरु च’र्किन थालेका थिए ।

स्थानीयहरुले उद्योग वि’रुद्ध वडा कार्यालयमा गु’नासो गरेपछि वडा अध्यक्षले उद्योगलाई पत्र लेख्दै क्षति’पूर्ति उपलब्ध गराउन आदेशसमेत दिएको थियो । तर उद्योगले उक्त आदेशको वेवास्ता गर्दै आएको छ । उद्योगलाई पटक-पटक आ’ग्रह गर्दापनि वडा कार्यालयको आदेश नमानेपछि फागुन ११ गते वडा कार्यालयले स्थानीयहरुको रोहबरमा वडा कार्यालयमा ता’लाबन्दी गरेको थियो ।

उद्योगले रड का’ट्ने, बा’ङ्गोटिङ्गो रड सोझाउन ठुलो मेशिन जडान गरेर सञ्चालन गरेपछि घरहरु च’र्किएको र रातभर बालवालिकाहरु त्र’सित भई सुत्न समेत नसक्ने र झस्क’ने गरेको स्थानीय बताउँछन् ।

शुरुमा टिभिएस मोटरसाईकलको स्वरुम भनेर संरचना बनाईयो, पछि गोदामघर र पाकिङ्ग भनियो हुदाँ हुदाँ अहिले ठूलोठूलो आवाजमा मेशिन सञ्चालन भएपछि घरहरु सबै चर्किएर भत्किएपनि स्थानीयको मागलाई उद्योगले अटेर गर्दै आएको स्थानिय सोहन शर्माले बताए ।

‘जगदम्बाले सहमती विपरित अहिले ठुलो मेशिन जडान गरेर काम गर्दा घरमा बच्चाहरु, वृ’द्धवृद्धा झस्कि’एर निदाउन सक्दैनन्, धुलो धुवाँ र प्रदुषणले हामी सबै आजित भएका छौ,’ शर्माले भने, ‘सबैभन्दा ठुलो जगदम्बा उद्योगले स्थानिय तहको सहमती बेगर पटक-पटक प्लान्ट बिस्तार गर्दै आएको छ ।’

जीतपुरसिमराका २ वडाध्यक्ष तिलक श्रेष्ठले पनि पार्किङ्ग र गोदाम घर भनि मौ’खिक सहमती लिएर उद्योग प्रशासनले आफुखुसी मेशिन जडान गरेर सञ्चालन गरेको आ’रोप लगाए ।

‘यहाँवाट उत्पादन केही पनि हुदैन्, हामीले पार्किङ्ग र गोदाम घरको लागि सहमती दिएको भएपनि ठुला मेशिन जडान गरेपछि तालाब’न्दी गर्न बाध्य भएका थियौँ,’ वडा अध्यक्ष श्रेष्ठले भने, ‘सहमति गर्न खोजेपनि उद्योगले अटेर गरेको कारण सहमति निक्लन नसकेको सकिएको छैन ।’

स्थानियहरुको घर चर्कने र धुलो धुवाँका कारण स्वाथ्य समस्या देखिएको भन्दै उद्योग प्रशासन र स्थानिय बिच धेरै पटक बिवाद र छलफल हुदै आए पनि उद्योगको अटेरका कारण हालसम्म ठोस् निर्णय भने हुन सकेको छैन । -यात्रा डेलि

२०७७ चैत्र ५, बिहीबार १९:२४ गते 1 Minute 442 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार