२०७८ आश्विन ६ बुधबार

अमेरिका जाने प्रयासमा ८० लाख डुबेपछि व्यावसायिक बाख्रा पालन, भन्छन : पैसा कमाउनकै लागि विदेशिनु पर्दैन !

म्यादी : जीवनमा एक पटक विदेशी भूमिमा पाइला टेक्ने रहर सबैमा हुन्छ । त्यो रहरमा पनि कसैलाई विदेशमा कमाउनु पर्ने बाध्यता हुन्छ भने कोहीको घुम्ने । तर नेपालमा घुम्नका लागि भन्दा पनि बाध्य’ताले परदेशिने धेरै छन् ।

यस्तै बाध्यताकै कारण म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबराका कर्णबहादुर खड्काले नौ वर्ष विदेशी भू’मिमा बिताउनुभयो । स्वदेशमा केही पनि काम पाइएन भन्दै बिदेसिनुभएका उहाँले सुरुमा ४ वर्ष साउदी बस्नुभयो ।

साउदीबाट फर्केपछि फेरि कमाउनकै लागि खाडीको अर्को देश कतार जानुभयो । कतारको बसाइले मात्र पुगेन । त्यसपछि उहाँले तीन वर्ष इराकमा पनि बिताउनुभयो । यी देशमा ९ वर्ष बिताउँदा उहाँमा परदेश मोह झन् जाग्यो । त्यसपछि भने कमाउनका लागि अमेरिका जाने योजना बनाउनुभयो ।

बोर्डरबाटै फि’र्ता
तीन वटा देशमा कमाएको पैसाले जोडेको बेनीको एउटा घडेरी र पोखराको दुई वटा घडेरी बेचेर उहाँ अमेरिका जानुभएको थियो । तर बोर्डरबाटै फर्कनुप¥र्‍यो । अमेरिका हिँड्नुभएका कर्णबहादुरलाई मेक्सि’कोमा पुगेपछि समस्या सुरु भयो । त्यहाँबाट तीन पटकसम्म अमेरिका छिर्ने उहाँको प्रयास असफल भयो ।

अमेरिका छिर्न लागेका बेला बोर्डरमा त्यहाँको प्रहरीले पक्राउ ग¥र्‍यो, अनि त्यहीबाट फर्काइदियो,’ उहाँले भन्नुभयो,‘राम्रै भयो अहिले आफ्नै ठाउँमा पौरख गर्न पाएँ ।’ गैर कानुनी रूपमा मेक्सिको हुँदै अमेरिका छिर्न लाग्दा उहाँ प’क्राउ पर्नुभएको हो । त्यहीबाट नै उहाँलाई नेपाल फर्काइयो । अमेरिकाको सुन्दर सपना देख्दा ८० लाख रुपैयाँ सकियो ।

तर रित्तो हात फर्कन प¥र्‍यो । त्यसपछि भने कर्णबहादुरले आफ्नै गाउँमा पशुपालन गर्न थाल्नुभयो । सुरुमा कुखुरा पालनबाट व्यवसाय थाल्नुभयो । तर यो व्यवसायबाट सोचेजस्तो भएन । कमाइको साटो उल्टो घा’टा भयो । तर उहाँ हार्नु भएन । पहिलेदेखि नै आफूले गर्दै आएको बाख्रा पालन गर्न थाल्नुभयो ।

त्यतीका वर्ष विदेशमा बस्दा पनि केही भएन, ठुलो सपना देख्दा त्यही सपनामा डु’ब्न प’र्‍यो,’ कर्णबहादुर भन्नुहुन्छ,‘जीवन अघि बढाउन केही त गर्नुप¥र्‍यो, त्यसमा मैले आफूले गरिआएको काम नै गरेँ ।’

सात लाख रुपैयाँ बैंकमार्फत ऋ’ण लिनुभयो । बाँकी थपथाप गरेर १५ लाखमा उहाँले बाख्रा पालन व्यवसाय थाल्नुभयो ।
दिप्सन कृषि तथा पशुपन्छी फर्म द’र्ता नै गर्नुभएको छ । फर्ममा अहिले ४० ओटा लोकल र बोयर क्रस जातका बाख्रा छन् । जोखि’म कम गर्न उहाँले बाख्राको बिमा पनि गर्नुभएको छ । अहिले उहाँको दिन बाख्रासँगै बित्छ । विभिन्न ठाउँमा पुगेर बाख्रा किनेर ल्याउनुभएको छ ।

२२ रोपनीमा घाँस खेती
व्यावसायिक रूपमा बाख्रा पालन सुरु गर्नुभएका कृषक खड्काले २२ रोपनीको जग्गामा घाँस खेती गर्नुभएको छ । उहाँले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा जै घाँस र डाले घाँसका बिरुवाहरू लगाउनुभएको छ ।

उहाँले खाली जग्गामा सुप’रनेपियर, रायखन्यु, ईपिल–ईपिल, सुडानलगायत डाले घाँसका बिरुवा लगाएको बताउनुभयो । धान रोप्ने खेतमा घाँस खेती गर्ने र घाँसको उत्पादन बढाउने उहाँको योजना छ । १५ रोपनी जग्गा आफ्नै र ७ रोपनी जग्गा भाडामा लिएर घाँस खेती गर्नुभएका खड्काले घाँसको बिउ उत्पादन गरी बि’क्री गर्ने बताउनुभयो ।

बाख्रासँगै दुधालु भैंसी पालन
युवा कृषक खड्काले व्यावसायिक बाख्रा पालनसँगै दूध बिक्री गर्नका लागि दुई वटा मुर्रा जातका भैँसी पाल्नुभएको छ । उहाँले दैनिक ६ लिटर दूध म्याग्दी सदरमुकाम बेनी बजार तथा गाउँमै बिक्री गर्दै आउनुभएको छ । अहिले प्र’तिलिटर दूधको बजार मूल्य एक सय २० रुपैयाँ रहेको छ । उहाँले महिनामा २० हजारभन्दा बढी दूध बि’क्रीबाट आम्दानी गर्दै आइरहेको जानकारी दिनुभयो ।

व्यावसायिक बाख्रा पालन र भैंसी पालन गर्नुभएका युवा कृषक खड्काले उत्पादन गर्न सकेमा त्यसको बिक्री वितरणका लागि बजारको समस्या नभएको बताउनुभयो । व्यापारीहरू गोठमै बाख्रा ख’रिद गर्न आउने गरेको बताउँदै उहाँले उत्पादनतर्फ ध्यान दिएको बताउनुभयो । अहिले ४० ओटा बाख्रा पाल्नुभएका उहाँले त्यसलाई बढाएर १ सयसम्म पु¥र्‍याउने योजना रहेको सुनाउनुभयो ।

प्रदेश सरकारबाट आर्थिक सहयोग
व्यवसायिक पशुपालनमा लागेका युवा कृषकहरूको प्रोत्साहनका लागि सरकारले पनि आवश्यक सहयोग गरेको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको सहयोगमा भेटेरि’नरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीमार्फत साना

व्यवसायी फर्म विस्तार तथा स्थापना कार्य’क्रमअन्तर्गत युवा कृषकलाई सहयोग दिन थालिएको छ । जसअनुसार उहाँलाई पनि बाख्राको खोर व्यवस्थापनका लागि दुई लाख रुपैयाँको कार्यक्रम परेको छ । युवा कृषकहरूको व्यवसाय बढाउन र उनीहरुलाई प्रोत्साहनका लागि संघ तथा प्रदेश सरकारमार्फत

कार्यक्रमहरु आएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु सेवा प्राविधिक सुवास रेग्मीले बताउनुभयो ।
कर्णबहादुरलाई पनि गएको वर्षदेखि बेनी नगरपालिकाको पशु शाखामार्फत खबराको राधाकृष्ण दूग्ध कृषि सहकारीलाई दिएको बोयर जातको बोका सहकारीले धेरै बाख्रा पालन गर्नेमध्ये छनोट गरेर उहाँलाई बिउ पुँ_जीका लागि दिएको छ ।

‘पैसा कमाउन विदेश जानुपर्दैन’
९ वर्षसम्म खाडीको देश र त्यसपछि अमेरिका जाने प्रयास असफल भएपछि गाउँ फ’र्किएर व्यावसायिक बाख्रापालनमा लाग्नुभएका उहाँले पैसा कमाउन विदेश जान नपर्ने बताउनुभयो । उहाँले स्वदेशमा आफ्नै ठाउँमा विभिन्न पेसा, व्यवसाय गर्न सकिने बताउँदै भन्नुभयो, ‘पैसा कमाउनकै लागि विदेशिनु पर्दैन ।’ बेनि अन्लाईन बाट

२०७७ चैत्र ६, शुक्रबार १०:५५ गते 1 Minute 741 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार