२०७८ आश्विन १ शुक्रबार

पूर्वी र दक्षिण एसियाली देशमा उडान थाल्ने योजनामा यती, आउँदो साता काठमाडौं-बनारस प्रुभिङ फ्लाइट !

काठमाडौं : नेपाली निजीक्षेत्रको वायुसेवा कमपनी यती एयरलाइन्सले अन्तर्रा’ष्ट्रिय चार्टर उडान अनुमतिका लागि आउँदो साता काठमाडौं-बनारस प्रुभि’ङ फ्लाइट गर्ने भएको छ।

नागरिक उ’ड्डयन प्राधिकरणको चरणव’द्ध प्रकृया अनुसार आउँदो साता प्रु’भिङ फ्लाइट गर्ने योजना रहेको कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सु’दर्शन बर्तौलाले बताए। कुनैपनि किसिमको व्यापारिक उडानका लागि वायुसेवा कम्पनीले गरेको तयारीको

रियल टाइममा मूल्यांकन तथा विश्लेषणका लागि ‘प्रुभिङ फ्लाइट’ गर्ने गरिन्छ । सोही अनुरुप यतीले काठमाडौं-बनारस प्रुभिङ फ्लाइट गर्न लागेको हो । प्रु’भिङ फ्लाइटका लागि कम्पनीले नागरिक उड्डयन प्राधि’करणबाट डेढ महीना अगाडी नै अनुमति पाएको उनले जानकारी दिए।

प्रुभि’ङ फ्लाइटका लागि कम्पनीले गत सोमबार ‘मोकअप’ पुर्वअभ्यास गरिसकेको प्रवक्ता वर्तौलाले जानकारी दिए। ‘प्रुभिङ फ्लाइटका लागि तयारी अन्तिम चर’णमा रहेको छ। हाम्रो पाचौँ एटिआर-७२ म’र्मत सम्भारको क्रममा छ।

यो जहाज रिलीज भएलगत्तै हामी प्रुभिङ फ्लाइट गर्नेछौँ।’ प्रवक्ता वर्तौलाले भने। प्रु’भिङ फ्लाइट सफल भएर नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएसँगै कम्पनीले पूर्वी र दक्षिण एसियाली क्षेत्रका विभिन्न देशका चा’र्टर र नन् सेड्युल उडान गर्ने योजना रहेको उनले जानकारी दिए।

बर्तौलाका अनुसार, यतीले भारत, म्यानमार, बंगलादेश, श्रीलंका, थाइल्याण्ड लगायत विभिन्न अन्तर्राष्ट्रिय गन्तब्यमा चार्टर र नन सेड्युल उडान गर्नेछ। अन्तर्राष्ट्रिय चार्टर र नन सेड्युल उडान गर्नका लागि ठूला जहाजको तुलनामा साना जहाजमा सस्तो पर्न आउँछ।

ती वर्गका यात्रुको मागलाई मध्यनजर गर्दै कम्पनीले यो उडान सेवा सुरु गर्न लागेको हो। यो उडान हाम्रो लागि स्वमूल्यांकन गर्ने अवसर पनि हो,’ उनले भने, ‘एकैपटक सेड्युल उडानमा जाँदा धेरै खर्च गर्नुपर्ने हुन्छ। तर अहिले हामीले सुरुमा चार्टर उडानको परि’णामलाई हेरेर निकट भवि’ष्यमा नियमित उडान सुरु गर्ने योजना बनाएका छौं।’

नन सेडुल चार्टर उडानका लागि कम्पनीले ह्याण्डलिङ एजेन्ट तोकिसकेको पनि उनले जानकारी दिए। यतीले १४ वर्षअघि अन्त’र्राष्ट्रिय उडानको अनुमति लिए पनि नेपालबाहिर हालसम्म उडान गरेको छैन। कम्पनीले पुनः इजा’जतका लागि करिब आठ महिनाअघि मन्त्रालयमा आवेदन दिएको थियो।

सन् २०२१ भित्रै दुईवटा एटीआर-७२ र एउटा ट्विनअटर जहाज थप्ने योजना बनाएको यो कम्पनीले अहिले एटिआर-७२ र जेट’स्ट्रिम जहाजमार्फत विभिन्न आ’न्तरिक गन्त’व्यमा नियमित उडान गर्दै आएको छ। यतीसँग हाल पाँच/पाँच वटा एटीआर-७२ र जेट स्ट्रि’म जहा’ज छन्।

२०७७ चैत्र ६, शुक्रबार २३:०८ गते 1 Minute 331 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार