२०७८ कार्तिक ९ मंगलवार

कोभिड खोपका लागि विश्व बैंकले नेपाललाई ८ अर्ब ७१ करोड सहयोग गर्ने !

काठमाडौं : विश्व बैंकले नेपाललाई को’भिड-१९ वि’रुद्धको खो’पका लागि ७ करोड ५० लाख डलर ( करिब ८ अर्ब ७१ करोड ३० लाख) सहयोग गर्ने भएको छ ।

विश्व बैंकको कार्यकारी सञ्चालक समितिले बिहीबार नेपाललाई को’भिड-१९ वि’रुद्धको खोपका लागि ७ करोड ५० लाख डलर सहयोग गर्ने प्रस्ताव पारित गरेको हो।

विश्व बैंकका अनुसार सुरक्षित र प्रभा’वकारी को’भिड-१९ वि’रुद्धको खोपमा नेपाली नागरिकको समान र सहज पहुँच सुनिश्चित गर्न इन्टर’नेसनल डेभलपमेन्ट एसोसियसन (आईडीए) मार्फत् नेपाललाई सहयोग गर्न लागिएको हो ।

साथै, यस आ’र्थिक सहायताबाट नेपालको झण्डै एकतिहाइ जनसंख्यालाई खोप लगाउन सह’जीकरण हुने अ’पेक्षा गरिएको विश्व बैंकले जनाएको छ ।

विश्व बैंक यसअघि गत अ’प्रिल महिनामा को’भिड-१९ आप’त्कालीन पहल तथा स्वास्थ्य प्रणाली तयारी परियोजनाअन्तर्गत नेपाललाई २ करोढ ९० लाख डलर सहायता गरेको छ । को’भिड खोप ख’रिद र प्राथमिकतामा परेका जनसंख्याका लागि परिचालन गर्न खर्च गरिने विश्व बैैंकले जनाएको छ ।

नेपाली जनताको शारीरिक स्वास्थ्य र मुलुकको आर्थिक स्वास्थ्यको सुरक्षा गर्नका लागि नेपाललाई यो सहयोग निकै महत्वपूर्ण हुने विश्व बैंकको अपेक्षा रहेको छ ।

यसैगरी बिहीबार नै विश्व बैंकले बंगलादेश र अफ’गानिस्तानका लागि आर्थिक सहयोग प्रदान गर्ने प्रस्ताव अघि बढाइसकेको छ । विश्व बैंकले बंगलादेशका लागि ५० करोड डलर र अफगा’निस्तानका लागि ६ करोड डलर प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

२०७७ चैत्र ७, शनिबार ०१:४४ गते 1 Minute 360 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार