२०७८ कार्तिक ११ बिहीबार

हार्दिक बधाई ! रचना रिमालले जीवनको पहिलो अवार्ड पाएकी छिन् ।

काठमाडौ : रचना रिमाल अहिलेकी नाम चलेकी गायिका भित्र पर्छिन् । थुप्रै चर्चित गीतमा उनको स्वर छ । स्वरको जादूबाट नै उनी धेरैको मन पर्ने गायिका बन्न सफल भएकी छन् । उनले गाएका गीत ‘फोटो फिरिममा’ निकै हिट भयो ।

त्यही गीतबाट उनको नाम पनि चर्चामा आयो भने अहीले उक्त गीतबाट उनले जीवनकै पहिलो अवार्ड पाएकी छिन् । ‘फोटो फिरिममा’ गीतबाट उनले नेशनल इन्टरटेनमेन्ट अवार्ड पाएकी हुन् । जीवनकै पहिलो अवार्ड पाउँदा उनी निकै खुशी भएकी छिन् ।

अवार्ड पाएपछि खुशी ब्यक्त गर्दै सामाजिक संजालबाट सबैलाई धन्यवाद दिएकि छन् । “हजुरहरुकै माया र साथले आज मैले ‘फोटो फिरिममा’ गीतबाट जीवनकै पहिलो अवार्ड प्राप्त गरेकी छु । यस खुशीको क्षणमा म ‘फोटो फिरिममा’ गीतका रचनाकार, सँगीतकार तथा कलाकार दादा शिशिर भण्डारी र सम्पुर्ण टिमलाई सम्झन चाहन्छु ।

साथै ‘नेशनल इन्टरटेनमेन्ट अवार्ड’ को आयोकज र निर्णायक ज्युहरु प्रति आभारी छु । बिशेष आभारी, देश तथा बिदेशमा रहनु भएका मेरा सम्पुर्ण शभचिन्तकहरु प्रति । हजुरहरुको माया र साथ रहिरहोस ।”

शिशिर भण्डारीको शब्द संगीत रहेको उक्त गीतले अहिलेसम्म एक करोड १८ लाखभन्दा बढी पटक हेरिएको छ । लकडाउनको समयमा थुप्रै गीत रेकर्ड गरेकी रचना पछिल्लो समयकी व्यस्त गायिका हुन् ।

सामान्य परिवारकी उनी केही समय अगाडिसम्म चटपटे बेच्ने गायिकाको रूपमा समेत चिनिने गरेकी थिइन् । मीठो स्वरकी धनी रचनाले नेपाल आइडल सिजन–३ मा भाग लिएर आफ्नो नयाँ परिचय बनाएकी थिइन् भने उनले आठौ स्थानसम्मको यात्रा गरेकी थिइन् ।

२०७७ चैत्र ७, शनिबार ०९:२९ गते 0 Minutes 625 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार