२०७८ आश्विन २ शनिबार

कृष्णभक्त पोखरेल ओली समूहमा प्रवेश, ‘गल्ती भए माफी पाउँ, म अब मूलधारमा लागें !

काठमाडौ : नेकपा (एमाले) को संसदीय दलको बैठक सम्पन्न भएको छ । आजको बैठकले विधान संशोधन केन्द्री’य समितिमा लैजाने निर्ण’य गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा आजको बैठक बहि’ष्कार गरेको माधव नेपाल समूहका सांसद कृष्णभक्त पोखरेल सहभागी भएका छन् ।

रोचक त के भने सांसद पोखरेलले सम्बो’धन गर्दै आफूबाट गल्ती भएको महशुस गर्दै आजबाट मूलधारमा लागेको घो’षणा गरे । उनले भनेका थिए,‘फागुन २३ को फैसलापछि सबैभन्दा खुसी मनाउनेमा म थिएँ ।

हाम्रो गौर’वशाली पार्टी एमाले, जबज र सूर्य चिन्ह पाएपछि म केपी ओलीको अभियानलाई सघाउन पूरानो समूह त्यागेर आएको छु । हिजोका दिनमा गल्ती भएको भए माफी पाउँ, आजबाट म मूल’धारमा लागोके छु ।’

त्यस्तै, उनले माधव नेपाल समूहले अब छुट्टै बैठक राख्न नहुने पनि धार’णा राखेका थिए । उनले सम्बोधन गर्दै भनेका थिए,‘अब दलको बैठक बेग्लै बस्नुपर्ने अवस्था छैन्, त्यो कुरा सकियो ।

म अब मूल’धारमा लागेँ, यसबीचमा कहिँ कतै गल्ति भएको भए माफ पाउँ । मेरो गुरु सुवास नेम्वाङलाई मैले भने संसद विघटनमा मेरो असहमति थियो । अब सम्बृद्ध नेपाल बनाउन केपी ओलीको अभियानलाई साथ दिन र पार्टी एकताको लागि म यहाँ आएको छु ।’ रिपोर्टस क्लब बाट

२०७७ चैत्र ८, आईतवार ०१:५१ गते 1 Minute 660 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार