२०७८ कार्तिक ११ बिहीबार

ज्ञानेन्द्र शाही भन्नुहुन्छ : पृथ्वीनारायण शाहलाई बिर्सिनु भनेको आफुलाई जन्मदिने आमा बुबालाई बिर्सनु सरह हो…हेर्नुहोस् ।

काठमाडौँ : भ्रष्टचार विरूद्ध को अभियान “हाम्रो नेपाल-हामी नेपाली” का संयोजक ज्ञानेन्द्र शाहीले नेपाल भरि पृथ्वी जयन्ती मनाउन सबै नेपालीमा आग्रह गरेका छन ।

उनले पटक पटक देश र जनताको लागि बुलन्द आवाज उठाउदै आएका छन । आउने सन्ततिको लागि देश बनाउने भन्दै देशका बिभिन्न जिल्ला-जिल्लामागइ भ्रष्टचारिहरूलाइ खबरदार गर्दै आएका छन ।

नेपालि इतिहासका पिता एबम राष्ट्र निर्माणका सेना एक असल नेतृत्व देश जनताको पक्षमा लडि रहने आदरणिय श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह (वि.सं.१७७९-१८३१) शाहबंशीय राजा थिए। स-साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्।

यिनको सम्झनामा पौष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ। नेपालमा २००७ सम्म त राणा शासन थियो । जब प्रजातन्त्र आयो । त्यसपछि योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्बीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रकृया शुरू गरेका थिए ।

उनले आफ्नो फेसबुक स्टाटस बाट पनि सबै नेपाली हरूलाइ जन्म उत्सब मनाउन र सहभागि हुन आग्रह गरेका छन । उनले सबै जात जाति मिलेर बसेको ठाँउमा देशमा शान्ति अमन चयन हुनु पछ जस्ले जे भने पनि देशलाइ एकिकरण गर्ने बाइस्से,चौबिसे राष्ट्र पितालाइ सम्झनु पर्छ भनेका छन उनले लेखेको स्टाटस

नेपाल मा जुनसुकै राजनिती परिवर्तन आएपनि पृथ्वीनारायण शाहलाई बिर्सिनु भनेको आफुलाई जन्मदिने आमाबुबालाई बिर्सनु सरहहो २९९ पृथ्वी जयन्ती को सबैलाई शुभकामना । उहाँको योगदानले आज हामी नेपाली हुन पाएका छौ र हामिलाई गर्ब छ ।

आज बिदेशी दलालहरु बाट परिचालित दलालहरु ले गलत इतिहासमा पढाएर राष्ट्र निर्माता राष्ट्र पिताको अपमान गरेको देख्छु यिनिहरुलाई चेतना होस नेपाल सबै जातजातिको फुलबारी हो हिजो नेपाल एकीकरण गर्दा सिर्फ एउटा जातिले गरेको होईन पृथ्वीनारायण शाहको सेना र प्रशासनमा ,राई ,लिम्बु ,मगर ,गुरुङ ,दलित ,छेत्री ,सबै जात जाती को अहम भुमिका थियो र आज हामी वीर गोर्खाली र नेपाली भनेर बिश्वमा चिनिएका छौ ।।

२०७७ पुष २८, मंगलवार १७:४७ गते 1 Minute 414 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार