२०७८ आश्विन ५ मंगलवार

बधाई ! ऊर्जामा विद्यावारि’धि गर्ने डा शाही कर्णालीकै पहिलो !

सुर्खेत : कर्णाली प्रदेशबाट पहिलोपटक दिनेशकुमार शाहीले ऊर्जा विषयमा विद्यावारि’धि गरेका छन् । विश्वकै उत्कृ’ष्ट विश्वविद्यालयमध्येको एक मानिने जापानको टोक्यो सिटी विश्वविद्यालयबाट शाहीले विद्यावारि’धि गरेका हुन् ।

ऊर्जाको खानी मानिने क’र्णालीबाट ऊ’र्जामा विद्यावारिधि गर्ने शाही पहिलो व्यक्ति बनेका छन् । टोक्यो सिटी विश्वविद्यालयले शुक्रबार एक विशेष समारोह आयोजना गरेर शाहीलाई विद्यावारिधिको उ’पाधि प्रदान गरेको हो । नेपालको त्रिभुवन विश्वविद्यालयबाट गणितमा स्नात’कोत्तरसमेत गरेका उनले

विकासो’न्मुख देशहरुले ऊर्जामा कस्तो नीति बनाउने भन्ने विषयमा गहन अनुस’न्धान गरेका छन्। रास्कोट नगरपालिका–५ कालीकोटको एक सामान्य परिवारमा जन्मिएका शाहीको यो अध्ययनले नेपालको ऊ’र्जा विकास र नीति निर्माणमा महत्वपूर्ण यो’गदान पुग्न सक्ने आशा गरिएको छ । विद्यावारि’धि प्राप्ति’पश्चात उनले भने,

कर्णा’लीजस्तो अत्यन्त न्यून गुणस्तरको प्रा’रम्भिक शिक्षा लिएर अत्यन्त उच्च प्रविधिको प्रयोग गरी गुणस्त’रीय शिक्षा हासिल गरेका अन्तर्रा’ष्ट्रिय क्षेत्रका व्यक्ति तथा अनुस’न्धानकर्तासँगको प्रतिस्प’र्धाबाट शिक्षा हासिल गर्न त्यति सहज भने पक्कै छैन । यद्यपि मलाई सधैँ केही नयाँ गरौँ र सिकौँ भन्ने कुरामा अलि बढी ध्यान हुन्छ ।

विद्यावारिधिका क्रममा शाहीका अनुस’न्धानमूलक दुईवटा सामग्री विश्वकै नम्बर एक जर्नल एल्से’भिरद्वारा प्रकाशित ‘इनर्जी एण्ड विल्डिङ’ र ‘विल्डिङ एण्ड इन्भारोमेन्ट’ मा प्र’काशित भएका छन् । साथै उनले विश्वविद्यालयबाट विश्वका धेरै गोष्ठी, सेमिनारमा सहभागी भएर आफ्ना प्रस्तु’ति दिईसकेका छन् ।

ए’ल्सेभिर ज’र्नलमा प्रकाशित शाहीका आलेखमा घरमा प्रयोग हुने तथा समग्र ऊर्जाको तर्क’सङ्गत प्रयोगका बारेमा उल्लेख गरिएको छ । उनको यो अध्ययन ऊ’र्जा क्षेत्रको बहसमा नयाँ अवधारणा मानिएको छ । विकसित देशहरुले गर्ने अत्यधिक ऊर्जाको प्रयोगले वातावररणमा अ’त्यन्त नकारात्म’क असर परिरहेको बेला दिगो विकासको अव’धारणाअनुसार ऊ’र्जा खपत र वातावरणीय

सन्तुलन कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा पनि उनले उनुसन्धान गरेका छन् । नेपालजस्ता विकासशील देशहरुले विकसित देशहरुले गरेको भूलबाट पाठ सिकेर नयाँ विधिबाट अघि बढ्नुपर्नेमा उनको निष्क’र्ष छ । त्यसका लागि उनले तर्क’सङ्गत अवधारणा पनि अघि सारेका छन् । विश्वमा सबैभन्दा बढी ऊ’र्जा घरायसी प्रयो’जनमा खपत गरेको पाइन्छ ।

भविष्यमा नेपालमा पनि घरायसी प्रयोजनमा ऊर्जाको खपत बढ्नसक्ने अनुमान गर्दै उनले यसमा के गर्न सकिन्छ भन्ने कुरामा नयाँ अ’वधारणा अघि बढाइएको बताएका छन् ।

धेरै जाडो हुने र अत्यधि’क ग’र्मी हुने ठाउँमा घरहरुलाई सुधारेर घरभित्रको तापक्रम प्राकृतिक तरिकाले वृद्धि गरी २० प्रतिश’तसम्म ऊर्जा बचत गर्न सकिने विधि पनि उनले अध्ययनमा देखाएका नछ्, जसलाई उनको अनुस’न्धानको महत्वपूर्ण पक्ष ठानिएको छ ।रासस

२०७७ चैत्र ९, सोमबार ०६:०८ गते 1 Minute 628 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार