बिहिबार , साउन २१, २०७८

गैँडा गणनाका लागि हात्ती चढेर चितवन राष्ट्रिय निकुञ्ज पुगे वनमन्त्री आले, ४० हात्ती प्रयोग !

चैत्र ९, २०७७ सोमबार 235

काठमाडौं : वनमन्त्री प्रेम आले एक सिंगे गैंडा गणनाका लागि चितवन राष्ट्रिय निकुञ्ज पुग्नु भएको छ । सोमबारबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण

विभागगले दुर्ल’भ वन्यजन्तु एक सिंगे गैँडा ग’णना गर्ने कार्य शुभा’रम्भ गरेको छ ।साेही कार्यकाे शुभा’रम्भका लागि मन्त्री आले हात्तीको बथानसँगै हात्तीमा स’वार भइ चितवन राष्ट्रिय निकुञ्ज पुग्नु भएको हो ।

उहाँसँगै ४० मुख्य गणक र अन्य बैकल्पिक २० ग’णकका साथै ४० वटा हात्ती पनि चितवन रा’ष्ट्रिय निकु’ञ्जमा पुगेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा गणना कार्य सकिएपछि चैत १७ गतेबाट बर्दिया राष्ट्रिय निकुञ्जमा एक सिंगे गै’डाको थालिने बन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

त्यसपश्चाल चैत १९ गतेबाट शुक्लाफाँटमा गणना शुरु गर्ने विभागले जनाएको छ । आजको गण’ना भने चितवन राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट आरम्भ गरिएको विभागले जनाएको छ

प्राविधिकहरुको टोलीसहित बन्दो’बस्तीका साथ ग’णना थालिएको हो । पहिलो चरणको यो गणनामा चितवन र पर्साका विभिन्न स्थानलाई एकै ब्लक बनाएर एकसिंगे गैडाको गणना गरिने राष्ट्रिय निकुञ्ज विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस्