शनिबार , जेठ २९, २०७८

कठिन मानिएको ‘एक्स’पान्सन ज्वा’इन्ट’ जडान हुँदै, बैशाखमा विद्युत् उत्पादन हुने !

चैत्र ९, २०७७ सोमबार 324

कैलाश लामा
काठमाडाै : दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्मा’णाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको एक्स’पान्सन ज्वाइ’न्टको जाडान काम सुरु भएको छ ।

आयोजनाकै जटि’ल मानिएको ३१० मिटरको माथिल्लो र ३७३ मिटरको तल्लो भर्टि’कल सुरुङको बीचको १०० मिटर तर्सो भागमा एक्सप्या’न्सन जोइन्टको जडान काम सुरु भएको हो ।
एक्स’प्यान्सन ज्वा’इन्टमा २ दशमलव पाँच मिटरको दुईवटा पेन’स्टक पाइप जडान कार्य सुरु भएको माथिल्लो तामाकोशी

आयोजनाका प्रबक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिनुभयो । सुरुको डिजाइन अनुसार एक्सप्या’न्सन ज्वा’इन्ट बन्न नसक्दा आयोजनाको काम प्र’भावित भएको थियो । लट–२ का भारतीय ठे’केदार कम्पनी टे’क्स म्याको रेल्वे इ’न्जिनियरिङले सुरुको डिजाइन अनुसारको एक्स’प्यान्सन ज्वाइन्ट पाईप बनाएर पठाउन नसकेपछि डिजाइन संशोधन गरिएको थियो ।

नयाँ पाइप भारतमा ल्याएसंगै जडान कार्य थालिएको प्रबक्ता न्यौपानेले बताउनुभयो । ‘सं’शोधन गरी बनाइएको नयाँ डिजाइनको पाइप जडान कार्य दुई हप्तामा सकिने अनुमान गरेका छौँ ।’उहाँले भन्नुभयो ।

हाल लट –२ अन्तर्गतकै आयोजनाको भैंसे अडिट प्लग कार्य, माथिल्लो पे’नस्टक अडिट प्लग कार्य, सर्ज सु’रुङ अडिट प्लग कार्य, माथिल्लो पेन्स्ट’क स्या’फ्टको बेन्ड राख्ने कार्य र तल्लो तेर्सो स्टको कामहरू बाँकी रहेको र उक्त का’र्यक्षेत्रमा कामहरू भइरहेको छ ।

आयोजनाको बाँध, इन्टेक, मुख्य सुरुङ, सर्ज स्या’फ्ट, पेन’स्टक स्या’फ्टहरु, भू-मिगत विद्यु’तगृहको सिभिल र हाइड्रो मेकानिकल कार्य’हरुको निर्माण सम्पन्न भइसकेको छ ।
भूमि’गत विद्युत गृहमा टर्वाइन, जेने’रेटर, ट्रान्स’र्फमर लगायतका सबै उप’करणहरुको जडान कार्य सम्पन्न भइसके छ ।

गोंगरदेखि रामेछापको देवीटारसम्मको ४७ किलोमिटर लामो प्रसारण लाइन निर्माण कार्य सम्पन्न भएको छ भने देवीटारमा निर्मा’णाधीन २२०÷१३२ केभी क्षमताको स’वस्टेशनमा उपक’रण जडान कार्य अन्तिम चरणमा पुगेको छ ।

डिस्या’ण्डिङ बेसिन परिक्षण शुरु

लामाबगरमा निर्माण गरिएको एक सय मिटर लम्बाई र २२ मिटर उचाइ भएको बाँधमा आईतवारदेखि पानी जम्मा गर्ने कार्य सुरु भएको छ । डिस्या’ण्डिङ बेसिनमा बालुवा थि’ग्राउने कामको परीक्षणका लागि पानी जम्मा गर्न लागेको हो । यो परीक्षण

एक हप्तासम्म चल्ने आयोजनाका प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो। एक्स’प्यान्सन ज्वा’इन्ट पाईप जडान सहित हाल भइरहेको सम्पुर्ण काम चैतभरिमा सम्पन्न गरि सुरुङमा पानी पठाउने काम सुरु हुने आयोजनाका प्रवक्ता डाक्टर न्यौपानेले बताउनुभयो ।

बैशाखमा आयोजनाको ६ मध्ये एक युनिट सञ्चालन गरी ७६ मेघावाट बिद्युत उत्पादन थाल्ने लक्ष्य आयोजनाले राखेको छ । आठ सय २२ मिटर हेड र दैनिक पि’किङ रन अफ द रिभर प्रकृतिको यो आयोजना सबैभन्दा सुख्खा मौसममा समेत साढे चार घण्टासम्म पूर्ण क्षम’तामा सञ्चालन गर्न सकिन्छ । -गोरखापत्र अन्लाईन बाट

प्रतिकृया दिनुहोस्