मंगलबार , साउन १९, २०७८

छैन स्वेदशी उत्पादन – निर्यातमा विदेशी वस्तुकै भर गर्नु पर्ने !

चैत्र १०, २०७७ मंगलबार 363

काठमाडौं : सरकारले वैदेशिक व्यापारघा’टा कम गर्न आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्ने रणनीति लिएको छ । सोही अनुसार केही वर्षयता आयातमा कमी र निर्यातमा झीनो सुधार हुँदै गएको देखिएको छ ।

नि’र्यातमा देखिएको सुधारमा स्वदेशीभन्दा विदेशी वस्तुकै योगदान बढी देखिन्छ ।निर्यात प्र’वर्द्धन नीतिअनुसार तत्कालीन अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा आयात रोक्न करमा व्यापक वृ’द्धि गर्ने, नि’र्यातयोग्य वस्तुको कच्चा पदा’र्थको आयातमा भन्सार छूट दिनेजस्ता व्यवस्था गरे ।

त्यसयता वर्तमान सरकारले तीनओटा बजेट ल्याइसकेको छ भने चौथो बजेट निर्माणको तयारीमा जुटेको छ । तर, अहिलेसम्म नेपाली वस्तु निर्यातका लागि उत्पादनकै वातावरण बन्न सकेको छैन । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न नसकेकै कारण निर्यात वृ’द्धिमा विदेशी उत्पादनमै भर पर्नु परेको छ ।

भारतीय बजारमा माग पनि भएको र नि’र्यात गर्न पनि सहज भएपछि नेपाली व्यवसायीहरूले इन्डो’नेशिया, थाइल्यान्ड र मलेशियालगायत मुलुकबाट कच्चा पाम आयात गरेर प्र’शोधन गरी भारत नि’कासी गर्ने गरेका थिए ।

भारतले तीती देशबाट पाम तेल आयातमा लगाएको प्रति’बन्धको फाइदा उठाएर नेपाली व्यवसायीहरूले कच्चा पाम आयात गरी प्रशो’धन गरी निर्यात ह्वात्तै बढाएका थिए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा काशीराम बजगाईंले लेखेका छन् ।

प्रतिकृया दिनुहोस्