शनिबार , जेठ २९, २०७८

यी पाँच भारतीय, जो इलामका दुर्गाप्रसादका लागि लडे !

चैत्र १०, २०७७ मंगलबार 654

काठमाडौ : शुक्रबार साँझ हामी कलकत्ता शहरको उत्तरमा पर्ने शोदपुरमा पुग्दा उनी फोनमा बोलिरहेका थिए। बंगालीमा उनले बोलेका शब्द नबुझे पनि अनुहारको भाव सजिलै बुझिन्थ्यो- उनको अनुहारमा खुसी दौडिरहेको थियो।

ह्याम रेडियो अप’रेटरहरूको संस्था पश्चिम बंगाल रेडियो क्लबका सचिव अम्बरिश नाग विश्वासको अनुहारमा त्यो खुसी इलामका दुर्गाप्रसाद तिम्सिना ४० वर्षपछि भारतीय जे’लबाट छुट्न लागेकोमा छाएको थियो। किनकि, उनीहरूकै प्रयास र लडाइँले दुर्गाप्रसादले खुला आकाश देख्न पाउने भएका थिए।

विश्वाससँग त्यतिबेला फोनमा कुरा गरिरहेका थिए, सातखण्ड साहेबनगरका राधेश्याम दास। राधेश्याम हिन्दी र अंग्रेजी बोल्न नसक्ने भएकाले हामीले उनीसँग कुरा गर्न सकेनौं। तर कलकत्तास्थित दमदम से’न्ट्रल जेलमा हुँदा उनले गरेको कुराकानीले दुर्गाप्रसादको जिन्दगी बदलिदियो।

राधेश्यामलाई नन्दी’ग्राममा भएको जग्गा अ’धिग्र’हणवि’रूद्ध आ’न्दोलन गर्दा रा’ज्यद्रो’हको मु्’द्दा लागेछ र जेल परेछन्। दमदम से’न्ट्रल जेलमा उनले दुर्गाप्रसादलाई देखे। १० वर्षअघि पनि अर्को मुद्दामा त्यही जेलमा बसेका राधेश्याम दुर्गाप्रसादलाई फेरि भेट्दा आश्चार्यमा परे।

उनले दुर्गाप्रसादसँग कुरा गरे। ४० वर्षदेखि बिना कुनै अ’दालती सुनुवाइ जेलमा परेका दुर्गाप्रसादको नियति र उनीमाथि भएको अन्यायले राधेश्यामको मन छोयो। गत वर्ष जेलबाट रिहा भएपछि उनले अम्बरिशलाई फोन गरेछन्। उनीहरू दुई जनाको पहिला चिनजान थिएन। विविध सामाजिक काम गर्दै आएका अम्बरिशको नम्बर उनले इन्टरनेटबाट फेला पारेछन्।

उहाँले मलाई दीपकजी (भारतीय कागजातमा दुर्गाप्रसादको नाम दीपक जैसी छ) ४० वर्षदेखि जेलमा हुनुहुन्छ। तपाईंहरू त सामाजिक काम गर्नुहुन्छ, त्यो मान्छेलाई छुटाउनु प¥र्‍यो भन्नुभयो,’ अम्बरिशले भने,’सुरूमा त मैले पत्याइनँ। त्यस्तो पनि हुन्छ र भनें। तर उहाँले साँच्चै हो नपत्याए जेलमा सोध्नुहोला भन्नुभयो।’

राधेश्यामले दुर्गाप्रसादलाई जेलको कति नम्बर सेलमा राखिएको छ भन्ने पनि बताइदिए। त्यसपछि अम्बरिशले जेलमा काम गर्ने साथीहरूलाई दुर्गाप्रसादबारे बुझ्न लगाए। उनका साथीले भने- हो, एक जना नेपाली जेल परेको ४० वर्ष भइसक्यो। ऊ यहीँ छ। त्यसपछि मैले जेलका प्रहरी प्रमुखलाई फोन गरें र दीपकजीका बारे भनें।

सुरूमा त उहाँले पनि पत्याउनु भएन तर म बुझ्छु भन्नुभयो,’ अम्बरिशले भने, ‘तपाईंले भनेको मान्छे जेलमा रैछ भनेर १० मिनेटमा उहाँले कल ब्याक गर्नुभयो।’ दुर्गाप्रसाद जेलमा छन् भन्ने त उनीहरूले थाहा पाए तर उनी कस्ता छन्? नेपालको कुन ठाउँमा उनका परिवार छ भन्ने पत्ता लगाउन सकेनन्।

‘हामीले जेलरसँग दीपकलाई भेट्न दिनुस् भनेर इमेल पठायौं। तर स्वीकृति मिलेन,’ अम्बरिशले भने,’उहाँहरूले आफन्त वा उच्च अदालतका वकिललाई मात्र भेट्न दिने भन्नुभयो।’
पश्चिम बंगाल रेडियो क्लबका उपाध्यक्ष हिरक सिन्हा कलकत्ता उच्च अदालतका वकिल थिए। उनले वकालती थालेको १५ वर्षजति भइसक्यो। वकिलको नाताले उनलाई जेलभित्र गएर दुर्गाप्रसादलाई भेट्न दिइयो।

दीपकलाई भेट्न जानुअघि सिन्हाले एक-दुइटा नेपाली वाक्य सिके। यत्रो वर्षसम्म जेलमा बसेका मान्छेलाई नेपालीमै बोले केही आश जाग्ला कि भनेर उनीहरूको यो तरिका अपनाएका थिए।

‘हामीलाई उहाँको ठेगाना जसरी पनि पत्ता लगाउनु थियो। सिन्हाजी भित्र गएर नमस्कार गर्नुभयो। बिस्तारै दाजु राम्रो छ, घर कहाँ हो? भनेर सोध्नुभयो,’ अम्बरिशले भने, ‘दीपकजीलाई लेख्न एउटा डायरी र पेन पनि दिनुभयो। हामी तपाईंलाई यहाँबाट छुटाउँछौं भन्नुभयो।’

त्यही डायरीमा दुर्गाप्रसादले आफ्नो नाम बुवा आमाको नाम लेखे। सिन्हाले उनलाई एउटा कागजमा पनि हस्ताक्षर गर्न लगाए। त्यो कागजमा उनले आफ्नातर्फबाट मुद्दा लड्न वकालतनामा दिएको व्यहोरा थियो।

त्यसपछि उनीहरू कलकत्तास्थिन नेपाली महावाणि’ज्यदूत ईश्वरराज पौडेललाई भेट्न गए। ईश्वर सरलाई सबै बतायौं। उहाँले भारतका कुनै पनि निकायले यो केसबारे महावा’णिज्यदूता’वासलाई जानकारी नै नदिएको बताउनुभयो,’ अम्बरिशले भने,’जे भयो भइहाल्यो। अब ठेगाना पत्ता लगाउने भनेर हामी छुट्टियौं।’

दिन हुँदै हप्ता बिते तर दुर्गाप्रसादको ठेगाना पत्ता लागेन।
त्यसपछि अम्बरिशले ह्याम रेडियोको सहारा लिए। ह्याम रेडियो विभिन्न रूची भएका मानिसहरूले सरकारबाट ला’इसेन्स लिएर घरमा राख्ने रेडियो हो। यो रेडियोबाट आफ्नो रूची मिल्ने संसारभरका ह्याम रेडियो अपरे’टरसँग कुरा गर्न सकिन्छ।

नेपालमा पनि केही ह्याम रेडियो प्रयोगकर्ता छन्। नेपाली ह्याम रेडियो अ’परेटरको कोड ९एन१ हो। यही कोडमा अम्बरिशले दुर्गाप्रसादबारे जानकारी दिए। सर्वोच्च अदा’लतका बरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल नेपालका पहिलो ह्याम रेडियो अपरेटर हुन्। खबर पाउनासाथ उनी दुर्गाप्रसादको ठेगाना पत्ता लगाउन थालिहाले। -सिधा बाटो

प्रतिकृया दिनुहोस्