शनिबार , जेठ २९, २०७८

बंगलादेशले बर्खामा २ सय मेगावाट विद्युत किन्न माग्यो !

चैत्र १०, २०७७ मंगलबार 388

काठमाडौं : बंगालादेशले बर्खायाममा नेपालसँग २ सय मेगावाट विद्युत किन्न मागेको छ । विद्युतको माग बढ्दै गएकाले प्रणालीमा आपूर्ति व्यवस्थापन मिलाउन आउने बर्खामा नै उपलब्ध हुने गरी विद्युत किन्न मागेको हो ।

नेपालमा बर्खायाममा बढी विद्युत उत्पादन हुने हुँदा आफ्नो माग व्यवस्थापन गर्न बंगालादेशले विद्युत मागेको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बताए । ‘सुख्खायाममा अझै भारतको विद्युतमा नि’र्भर हुनुपर्ने बाध्यता रहे पनि बर्खामा हाम्रा उत्पादन बढी हुने दिन आउँदैछ,

सोसाइटी अफ इले’क्ट्रिकल इन्जि’नियर नेपाल (सिन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘यही विद्युत बंगालादेशले किन्छु भनिरहेको छ ।’ उनले बर्खामा बढी भएको विद्युत खेर फाल्नुभन्दा बंगालादेशमा निर्यात गर्ने विकल्पमा मन्त्रालय जाने बताए । बंगालादेशले आउने बर्खादेखि नै विद्युत किन्न मागे पनि निर्यात गर्ने संरचना छैन ।

आन्तरिक खपतको परिमाण पनि बढाउनुपर्ने बेला आएको उनले बताए । उनले केही वर्ष अघिसम्म उत्पादन बढाउनुपर्ने आवश्यकता रहेकाले धेरै विद्युत आयोजना निर्माणमा गएको बताए । उनले अबको चु’नौती विद्युतको बजार विस्तार रहेको बताए ।

सन् २०२० को तथ्यांकअनुसार बंगलादेशको आन्त’रिक जडित क्षमता २२ हजार ७ सय ८७ मेगावाट छ । यो क्षमताले माग व्यवस्थापन हुन नसकेकाले उसले नेपालसँग विद्युत ख’रिद गर्न मागिरहेको छ ।

भारतीय लगानीमा निर्माण हुने ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको ५ सय मेगावाट खरिदका लागि जिएमआरसँग समझदारीसमेत गरिसकेको छ । जिएमआरले बंगालादेशलाई बेच्ने विद्युतको प्रति’युनिट दरसमेत टुंगो लागिसकेको छ ।

बंगालादेशले अहिले पनि आन्त’रिक उत्पादनले नधानेपछि १ हजार १ सय ६० मेगावाट विद्युत भारतसँग किनिरकेको छ ।
उसले सन् २०४१ सम्ममा नेपाल, भुटान,भारतलगायत छिमेकी देशबाट ९ हजार मेगावाट विद्युत ख’रिद गर्ने बताउँदै आएको छ ।

छिमेकी देशहरूबाट आयात गर्ने भनिएको परिमाण कूल मागको १५ प्रतिशत हो । बंगालादेशको विद्युत उत्पादनको मुख्य स्रोत कोइला तथा प्राकृतिक ग्यास हो । चालू आर्थिक वर्षभित्र ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित ८ सय २५ मेगावाट विद्युत ग्रि’डमा थपिँदैछ ।

आन्तरिक विद्युत उत्पादन बढ्दै गएपछि खपत र बिक्री पनि बढाउदै लैजानुपर्ने चुनौती थपिएको घिमिरेको भनाई छ । ‘औधोगिक क्षेत्रको खपत अझै बढाउन सकिन्छ । यसका लागि प्रसारण तथा वितरण लाइन निर्माण एवं स्तरोन्नतिको काम नेपाल विद्युत प्राधि’करणले गरिरहेको छ’ उनले भने ।

आन्तरिक खपत बढाउन योजना बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले विद्युतीय चुलो, विद्युत सवारी साधन प्रयोग, हाइ’ड्रोजन तथा केमिकल उत्पादन, स्टील प्लेट उद्योग सञ्चालन गरेर पनि विद्युत ख’पत बढाउन सकिने बताए ।

अहिले देशको राष्ट्रिय प्रसारण प्रणालीमा करिब १ हजार ४ सय ५० मेगावाट विद्युत उपलब्ध रहेकोमा ३६.१५ प्रतिशत घरायसी ग्राहक, ४२.०५ प्रतिशत औ’धोगिक ग्राहक र बाँकी ९.६ प्रतिशत व्यापारिक ग्राहकले खपत गरिरहेको घिमिरेले बताए ।

प्रतिकृया दिनुहोस्