२०७८ आश्विन ६ बुधबार

देशकै ठूलो माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आजदेखि उत्पादन परीक्षण गर्दै, गर्यो यस्तो आग्रह !

काठमाडौं : माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आजैदेखि आफ्नो उत्पादन परिक्षण गर्न लागेको छ । आयोजनाले आजदेखि आगामी १६ गतेसम्म बाँध, इन्टेक,

बालुवा थिग्रा’उने पोखरी, गेट स्टप’लगायत हेड’वक्र्सको प’रिक्षण गर्न लागेको जानकारी दिएको हो । आयोजनाका अनुसार उक्त आयोजनाबाट गरिने परिक्षणका लागि बाँधमा पानी पपठाउने र छोड्ने गरिनेछ ।

जसका कारण बाँध आसपास मानवीय कार्य जस्तै पौडी खेल्ने, लुगा धुने, माछा मार्ने, वस्तुभाउ लैजाने कार्य बन्द गनै आह्वान गरिएको छ । बाँधको तल्लो तटिय क्षेत्रहरु लामाबगर,

छेतखेत, मान्थली, टुनीटार, जगतलगायतका क्षेत्रहरुमा नदीको पानी धेरैपटक घटबढ हुने बताईएको छ । बाँघमार्फत कुनैबेला ठुलो मात्रामा पानी छोड्नुपर्ने भई तल्लो तटीय क्षेत्रमा अप्ठ्या’रो अवस्था सिर्जना हुने बताएको छ ।

यसका लागि आयोजनाले सुनकोशी दोभानसम्म तामाकोशीले छोएका सबै गाउँपालिकाहरुलाई पनि उक्त सूचना पठाईसकेको जानकारी दिएको छ ।

यो आयोजना नेपालकै इतिहासमा अहिलेसम्मको सबैभन्दा ठूलो स्वदेशी योजना हो । विद्युत् क्षमता ४५६ मेघावाट रहेको यस परियोजनाबाट वार्षिक २ अर्ब १९ करोड युनिट विद्युत् उत्पादन हुने बताइएको छ ।-बिज खबर

२०७७ चैत्र ११, बुधबार ०१:४३ गते 1 Minute 962 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार