२०७८ कार्तिक १ सोमबार

नागढुंगा-नौबिसे सुरुङमार्ग नजिकै ४० रोपनी क्षेत्रफलमा बजार बन्ने, होटल र पेट्रोल पम्प हुने !

काठमाडौं : नागढुंगा-नौबिसे सुरु’ङमार्गको प्र’वेशद्वार नजिकै ४० रोपनी जग्गामा बजार विकास गरिने भएको छ। सुरु’ङमार्गको नौबिसेतर्फ होटल, प्रदर्श’नीस्थल ट्वा’इलेट, पेट्रोल पम्प, गाडी म’र्मतसहितको बजार निर्माण गरिनेछ।

विकसित देशको जस्तै अवधारणमा तयार हुने यो बजार नजिकै आकर्षक बनाउन बगैंचा समेत बनाइनेछ। यो बजार विकास आयोजनाले नै निर्माण गर्नेछ। सुरुङमार्गको धादिङ पोर्ट’लबाट पाँच सय मिटर तल निर्माण हुने बजार विकासको कामसमेत सुरु भइसकेको छ।

नागढुंगा सुरु’ङमार्ग निर्माण आयोजना प्रमुख नरेशमान शाक्यका अनुसार बजारको पू’र्वाधार तयार पारेर स्थानीय नगरपालिकालाई हस्तान्त’रण गर्नेछ। ‘हामीले बजारका लागि आवश्यक सबै पूर्वा’धार तयार पारेर संचालनका लागि धुनीवेशी नगरपालिकालाई दिन्छौं,’ शाक्यले भने,’बजार विकास हुँदा स्थानीय उत्पादनले बजार र रोजगारी पाउन सहयोग पुग्छ। त्यसले स्थानीयको जीवनस्तरमा पनि उकासिन्छ।’

उनका अनुसार यो सर्भि’सिङ सेन्टरलाई अरु लिंक रोडबाट समेत जोड्न सकिन्छ। धेरै राजमार्गहरु निर्माण भए पनि अहिलेसम्म कुनै सर्भिस सेन्टर बनेको छैन। ‘विदेशमा प्रत्येक ४०-५० किमी दुरीमा यस्ता स्टेशन निर्माण भएको हुन्छ। नेपालमा भने यो पहिलो पटक हो।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले भने, ‘यसबाट सानो बजार बन्छ। ‍मानिसहरुले रोजागारीको अवसर पाउँछन्। यसले स्थानीयको जीवनस्तर उकास्न सहयोग पुग्छ।’ बजार व्यवस्थापनको सबै जिम्मा नगरपालिकाको रहनेछ। अहिले सडक निर्माण हुनेबित्तिकै धेरै ठाउँमा सडकको नाली नै मिचेर सटर बनाइहाल्ने प्रवृत्ति जनमानसमा छ।

यो आयोजना अन्तर्गत बन्ने सर्भिस सेन्टरले त्यस्तो प्रवृत्ति अन्त्य हुने अपेक्षा गरिएको छ। पृथ्वी राजमार्गमा नै धेरै स्थानहरुमा सडकमै पसलहरु र होटलहरु खोलिएका छन्। कतिपय स्थानमा राजमार्गको क्षेत्राधिकार नै मिचिएको छ। ‘फराकिलो पार्किङ हुँदा गाडीहरु रोकेर चालकहरु फ्रेस हुन पाउँछन्। यसले दुर्घट’ना कम गराउन सहयोग पुग्छ,’ शाक्यले भने।

जापान सहयोग नियोग (जाइका) को करिब १६ अर्ब रुपैयाँ सहुलियत ऋ’ण सहयोगमा यो सुरु’ङमार्ग निर्माण भइरहेको छ। सोही रकमबाटै सर्भिस सेन्टर निर्माण हुनेछ। अहिले उक्त सेन्टर बन्ने स्थानमा वि’स्फोटक पदार्थ, निर्माण सामाग्री, इक्वि’पमेन्ट लगायत राखिएको छ।

नागढुंगा-नौबिसे सुरुङमार्गमा अहिले २४ सै घण्टा काम भइरहेको छ। समयमा सक्ने भन्दै रातमा समेत सिफ्ट बनाएर काम गरिरहेको शाक्यले बताए। उनका अनुसार करिब ४ सय ५० जनाले काम गरिरहेका छन्। दुवै पोर्ट’लबाट एक साथ काम भइरहेको छ। धादिङतिरको पोर्ट’लबाट १३९ मिटर अडिट टनेल खनिएको छ। मुख्य सुरु’ङमार्ग खन्ने काम भइरहेको छ।

काठमाडौंतिर ५५ मिटर मुख्य टनेल खनिएको छ। राम्रो च’ट्टान आउन थालेकाले अब कामको गति बढाउन लागिएको दाबी गरिएको छ। चट्टा’न फोर्न वि’स्फोटक पदा’र्थ प्रयोग गर्नेबित्तिकै गति बढ्नेछ। दैनिक ६ मिटरका दरले खन्ने योजना छ। १४ महिना सुरुङ नै छेड्ने र त्यसपछि फि’निसिङको काम हुनेछ। अहिले आयोजनामा कुनै समस्या नभएकाले तीव्र गतिमा काम भइरहेको प्रमुख शाक्यको दाबी छ। -बिजमान्डु बाट

२०७७ चैत्र ११, बुधबार ०५:२३ गते 1 Minute 977 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार