२०७८ कार्तिक ११ बिहीबार

अर्घाखाँचीका योगेन्द्र घर्ती मगरलाई टोकियो कृषि विश्व-विद्यालयबाट विद्यावारिधीको उपाधी !

टजापान : नेपालको अर्घाखाँची, भुमिकास्थान ४ का योगेन्द्र घर्ती मगरले जापानको टोकियो कृषि विश्वविद्यालयबाट “Effects of light quality on the growth and flowering in Phalaenopsis”

बोट बिरुवाहरुको वृद्धिविकासमा प्रकाशका रंगहरुको प्रभाव’ विषयमा यो वर्ष विद्यावारिधी गरेका छन् । योगेन्द्रलाई, टोकियो कृषि विश्वविद्यालयको खानागावा स्थित आचुगीबाट आईतबार औपचारिकरुपमा विद्यावारिधीको उपाधी प्राप्त भएको हो ।

वोट विरुवाहरुको वृद्दी, विकास र उत्पादनमा प्रकासका रंहहरुले कसरी असर गर्दछन् ? कुन विरुवाको लागि कस्तो रंगको प्रकास दिएमा उत्पादन बढ्छ ?यसले व्यवसायीक कृषी विकासको लागि कस्तो प्रभाव पार्दछ भनेर गहन अध्ययन गरेका योगेन्द्रले भने-

मेरो यो अध्ययनलाई नेपालको उदाउँदो व्यवसायीक कृषीमा उपयोग गर्नसके,धेरै उत्पादन मुखी हुनेछ ।’ योगेन्द्रले जापानमा स्ट्रबेरी फल र अर्किड जातको फूलमा यो अनुसन्धान गरेका हुन् ।

– अध्यायन अनुसार, स्ट्रबेरीका लागि प्रकाशको निलो रंग र अर्किडको लागि प्रकाशको रातो रंग उत्पादनमुलक प्रमाणित भएको हो । उनले यिनै विषयमा विद्यावारीधीको उपाधी प्राप्त गरेका हुन् ।

यस वर्ष, योगेन्द्रसंगै टोकियो कृषी विश्वविद्यालयबाट सर्वेस मास्केले “Approaches for enhancing composting process of farmyard manure in Dhankuta district, Nepal” विषयमा र कुमार भट्टले “Quantitave approaches to farmers

willingness and strategies for agritourism development: case from Nepal” विषयमा चिबा विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् । मास्के र भट्टको बारेमा पुन: अर्को समाचार सामाग्रीहरुमा विस्तृत जानकारी समेट्ने छौँ । नेपालन्यु पोस्ट बाट

२०७७ चैत्र ११, बुधबार ०९:४० गते 1 Minute 829 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार