२०७८ आश्विन ६ बुधबार

बधाई ! अमिर श्रेष्ठले पाए नेपाली खेलकुद इतिहासकै ठुलो पुरस्कार !

हेटौंडा : मकवानपुर–११ का अमिर श्रेष्ठ शहीद स्मृति हेटौंडा गोल्डकपको उत्कृष्ट खेलाडी उत्कृ’ष्ट भएका का छन् । उनलाई रोयल इनफिल्ड मोटरसाइकल दिइएको छ । नेपालका फुटबल प्रतियोगितामा सर्वोत्कृ’ष्ट खेलाडीले पाउने पुरस्कारमा यो नै सबभन्दा महंगो भएका आयोजकले जनाएको छ ।

आयोजकका अनुसार मोटरसाइकल मुल्य ५ लाख ५० हजार छ । सर्वो’त्कृष्ट खेलाडीको लागि हेटौंडा स्कूल अफ म्यानेजमेण्टका सञ्चालक पुरणबहादुर जोशीले करिब ५ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको बुलेट बाइकको व्यवस्था गरेका थिए ।

निर्णायकको नि’र्णय, दर्शको मत, अडियन्स पोल र पत्रकारहरुको मतको आधारमा अमिर श्रेष्ठले बाइक पाएका हुन् । यसअघिको ए डिभिजन लिग फुटबल प्रतियोगिता च्यासल यूथ क्लवबाट खेलेका श्रेष्ठले पछिल्लो समय विभिन्न क्लवबाट मोफसलको प्रतियोगितामा सहभागी हुँदै उत्कृ’ष्ट खेल प्रदर्शन गर्दै आएका छन् । सेमिफाइनलमा मछिन्द्रविरु’द्ध २ गोल गर्दै उनी म्यान अफ द म्याच समेत भएका थिए ।

सहिद स्मृति हेटौंडा गोल्डकपको उपाधि आर्मीलाई, अमिरलाई बुलेट !

तेस्रो संस्क’रणको सहिद स्मृति हेटौंडा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा साविक विजेता आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ लाई १–० गोलअन्तरले परा’जित गर्दै त्रिभुवन आर्मीले १० लाख पुरस्का’र राशिसहित उपा’धि जितेको हो ।

साविक विजेता आयोजक मकवानपुर–११ उपविजेतामा सीमित हुँदै नगद ५ लाख रुपैयाँ प्राप्त गरेको छ । त्रिभुवन आर्मीका लागि कप्तान टेकबहादुर बुढाथोकीले खेलको ३८ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

फाइनलमा म्यान अफ द म्याच टेकबहादुर बुढाथोकी घोषित भए । प्रतियोगिताको उत्कृष्ट फरवार्ड मकवानपुरका रञ्जन विष्ट घोषित भए भने उत्कृष्ट प्रशिक्षक नवीन न्यौपाने, उत्कृष्ट डिफेन्डर दीपक गुरुङ, मिडफिल्डर सेसेहाङ आङदेवे र गोलकिपर विवश चौधरी त्रिभुवन आर्मीबाट घो’षित भए ।

विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताका विजेता तथा उपविजेतालाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, बागमती प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पुरस्कार वितरण गरेका थिए ।

२०७७ चैत्र ११, बुधबार १९:५२ गते 1 Minute 1045 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार