२०७८ आश्विन ५ मंगलवार

प्रधानमन्त्री ओलीको विदेशीसँग साँठगाँठ रहेको भीम रावलको आ’रोप !

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विदेशीसँग साँठगाँठको ग’म्भीर आ’रोपहरु लाग्न थालेको छ । उनलाई आ’रोप लगाउनेमा उनकै दलका नेताहरु देखिएका छन् ।

आज सामाजिक सञ्जालमा नेकपा एमालेका प्र’भावशाली नेता भीम रावलले ओलीमा’थि विदेशीसँग साँ’ठगाँठको आ’रोप लगाएका छन् । उनले विदेशी तथा स्वदेशी शक्तिको नाम उल्लेख नगरी नेपालको दी’र्घकालीन हितसँग सम्बन्धित विषयमा

प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिसँग साँ’ठगाँठ गर्न तल्लीन भएको आ’रोप लगाएका हुन् । उनको संकेत द’क्षिण छिमेकी भारततर्फ थियो । रावलले लेखेका छन्,‘प्रम केपी ओली सत्ता र कुर्सी जोगाउन नेपालको अ’स्मितासँग गाँसिएको नागरिकता लगायतका नेपालको दी’र्घकालीन हितसँग सम्बन्धित विषयमा

प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरुसँग साँठ’गाँठ गर्न तल्लीन हुनुहुन्छ । देशभक्त नेपाली सजग होऔं ।’ यसअघि रावलले दार्चु’लाको महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहँदा ओली बालुवाटारमा पदको खेल र झे’लमा मग्न भएको आ’रोप लगाएका थिए ।

काँग्रेस नेता दिलेन्द्रप्रसाद बडुले पनि यो विषय उठाउँदै प्रधानमन्त्री ओलीको राष्ट्रवादमाथि प्रश्न गरेका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि ओलीमाथि विदेशीसामु लम्प’सार परेको आ’रोप लगाएका थिए ।

८ चैत्रमा राजधानीमा आयोजित अन्र्त’क्रियामा ओलीलाई २०औं २५औं वर्षदेखि विदेशीहरुले हुर्काएको, पालित, पो’षित भएको टिप्पणी गरेका थिए । त्यसअघि पनि प्रचण्डले ओलीलाई भारतको इशारामा चलेको आ’रोप लगाएका थिए । रिपोर्टस क्लब

२०७७ चैत्र १२, बिहीबार ०२:३१ गते 1 Minute 490 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार