२०७८ आश्विन १३ बुधबार

दुर्गा प्रसाईँद्वारा एमालेको टिकटबाट चुनाव लड्ने घोषणा, देशको जुनसुकै क्षेत्रबाट जित्ने दाबी !(भिडियो सहित)

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईँले अबको चुनाव केपी शर्मा ओली भर्सेस अन्य दल हुने ठोकुवा गरेका छन् । उनले ओलीको नेतृत्व नेकपा एमालेले सानदार बहुमत ल्याउने दाबी समेत गरे ।

अबको चुनाव केपी ओली भर्सेस अन्य पार्टी हुन्छ,’प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा आज प्रसाईंले भने,‘चुनावमा फेरि पनि ओलीको बहुमत आउँछ ।’ एमाले कुनै हालतमा न’फुट्ने र सानदार जीत हासिल गर्ने ठो’कुवा गरे ।

आफूले प्रचण्डलाई नभई उनको गलत प्रवृत्तिलाई छाडेको बताए । उनले भने,‘प्रचण्ड महान नेता हुन् ।’ प्रचण्डले गण’तन्त्र ल्याएको र ओलीको अनुहारले क’म्युनिस्ट पार्टीले बहुमत ल्याएको बताए । उनले भने,‘केपी ओलीको अनुहारले बहुमत ल्याएको हो, चाहे उखान भनुन् टु’क्का भनुन् ।’

प्रसाईंले आफू एमालेको टिकटबाट चुनाव ल’ड्न तयार भएको समेत बताए । देशको जुनसुकै क्षेत्रबाट चुनाव ल’डेर जित्नसक्ने दाबी गरे । उनले भने,‘एमालेले चाह्यो भने चुनाव लड्न तयार छु । जुनसुकै क्षेत्रबाट चु’नाव जित्न सक्छु ।’

प्रचण्डलाई सडकमा बसाउनेहरुलाई उनले फटाहाको संज्ञा दिए । उनले भने,‘प्रचण्ड जस्तो नेतालाई सडकमा बसाउने ?’
आफूले ओली र प्रचण्डबीच फोनबाट हालै कुरा गराएको सुनाए । उनले भने,‘मेरो मोबाइलबाट कुरा गराएको हुँ ।’

उनले देशमा ३० अर्ब लगानी गरेको र ३ हजारभन्दा बढीलाई रोजगारी दिइरहेको सुनाए । मेची अञ्चलमा चारधाम बनाउन लागेको खुलासा पनि गरे ।

अयोध्या, ठोरी’का अलावा चार धामको माटो ल्याएर मेचीलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने बताए । केपी शर्मा ओली हिन्दु भएको बताए । उनले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने बताए ।
-रिपोर्टस क्लब बाट

भिडियो !

२०७७ चैत्र १२, बिहीबार ०६:२९ गते 1 Minute 714 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार