आइतबार , जेठ ३०, २०७८

उनलाई मानिसहरु पागल भन्थे, उनी केही बोलेनन्, २४ वर्षपछि देखियो चमत्कार !

चैत्र १२, २०७७ बिहिबार 922

काठमाडौं : मानिसहरु उनलाई पा’गल भन्थे । उनी केही नबोली आफ्नो काममा लागिरहे । उनले लगातार २४ वर्षसम्म आफ्नो महान उद्देश्यको लागि परि’श्रम गरिरहे । अहिले २४

वर्षपछि उनले रुखो र उजाड पहाडलाई हरियाली बनाएपछि बल्ल मानिसहरुले उनी पर्या’वरण अभियन्ता भएको थाहा पाएका छन् । उनले आफू बस्ने सु’ख्खाग्र’स्त क्षेत्रमा पानीको वि’कल्प खोजे र अहिले त्यहाँ पानीको स्रोत पनि फेरि ब्युँताएका छन् ।

मध्य जाभाको यो क्षेत्रमा आगलागीका कारण पूरै क्षेत्र उजाड भएको थियो । आगोले यहाँका नदी र तालहरु लगभग पूरै सुकाइदिएको थियो । सादिमन नामका यी व्यक्तिले त्यतिबेलादेखि नै यहाँ वृक्षा’रोपण गरेर पुनः हरियाली फ’र्काउने अभियान थाले ।

अहिले ६९ वर्ष भएका सादीमनलाई त्यहाँका स्थानीयले ‘म्बाह’ अ’र्थात हजुरबुवा भन्छन् । ‘मैले अनफैं सोचें यदि मैले यहाँ वृक्षारोपण गरिन भने यो पूरै क्षेत्र सु’ख्खा बन्नेछ’ सादिमनले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै भने ।

सादिमनले त्यहाँ धेरैजसो बर र फिकसका रुखहरु रोपे । ‘मेरो अनुभवमा बर र फिकसका रुखहरुले धेरै पानी भण्डारण गर्न सक्छन्’ उनले भने । सादिमनले यहाँ करिब २५० हेक्टर क्षेत्रफलमा ११ हजार रुख रोपे । यी रुखका जराहरुले यहाँ जमिनमुनिको पानी कायमै राखे र भूक्षय हुन दिएनन् ।

कुनै सहय यहाँको पानी पाइलमार्फत लगेर घर र सिंचाइका लागि लगिनेमा आगलागीले पूरै सुख्खा भएको थियो । सादिमनको प्रयासले यहाँ फेरि पानीका मुहानहरु बनेका छन् ।

‘हो यो सुरुवात मात्रै हो’ केही गाउँलेहरुले उनको कामको प्रशंशा गर्दै भने । ‘मानिसहरुले मैले यहाँ बरको रुखका बीय लिएर आउँदा खि’ल्ली उडाए किनकि उनीहरुलाई बरको रुखमा आत्मा बस्ने विश्वास थियो र उनीहरु यही कारण असहज महसुस गर्थे’ सादिमनले भने ।

एक गाउँले वार्तोका अनुसार केहीले सादिमनलाई पागल ठान्थे किनकि उनले आफूले पालेका बाख्रा दिएर बिरुवा लिएका थिए । विगतमा मानिसहरु उनलाई पागल भन्थे तर अहिले त्यसको नतिजा हेर्नुस्’ वार्तोले भने ‘उनले कैयौं गाउँको आवश्यकता पूरा हुनेगरी सफा पानी दिन सक्षम भएका छन् ।

सादिमनले आफ्नो कामको लागि लाग्ने खर्च एक नर्सरीबाट पनि जुटाउँछन् जहाँ उत्पादन भएका बिरुवा उनले बेच्छन् ।
उनले रुख रोपेको क्षेत्रका किसानहरुले कुनै बेला वर्षाको कमीका कारण एक बाली खेती गर्न पनि कठिन थियो तर

अहिले पानीका स्रोत पुन’र्जीवित भएपछि किसानले २ देखि ३ बाली खेती गर्न सक्छन् । ‘मलाई आशा छ यहाँका मानिसहरुले अब सुखी र खुसी जीवन बिताउन सक्नेछन् र फेरि जंगल जलाउने छैनन्’ सादिमनले आँखा झिम्क्याउँदै भने ।-डिसि नेपाल

प्रतिकृया दिनुहोस्