२०७८ आश्विन १३ बुधबार

भरतपुर सवस्टे’शन क्षमता बढाइयो, अब ओभरलोड भएर विद्युत नजाने ।

हिरालाल आचार्य ‘डायमण्ड’ :भरतपुर सवस्टे’शन क्षमता बढाइएको । शनिबार र आइतबार विद्युत कटौ’ती गरेरै क्षमता वृद्धिको काम गरिएको हो ।

भरतपुर वितरण केन्द्रका इन्जिनियर विनोद सापकोटाले इनकमर र बक्स कपुलर परिवर्तन गरी क्षमता बढाइएको जानकारी दिए । उनले ८ सय एम्पियर क्षमतालाई बढाएर १५ सय बनाइएको बताए ।

उनका अनुसार स’वस्टेशनमा सर्वसाधारणका लागि ९ वटा र १ वटा कोकाकोला कम्पनीको लागि गरी जम्मा १० वटा फिडर रहेका छन् । उक्त फिडरका लागि दुई वटा इकमर छन् । एउटा इकमरमा ओभ’रलोड भएर ट्रिप हुने बित्तिकै ५ वटा फिडरको विद्युत काटिन्थ्यो । आधा जिल्ला भर विद्युत कटौती हुने गर्दथ्यो ।

उनका अनुसार अहिले नै इकमर फुल लोडमा थियो । ‘अहिले नै ८०० एम्पियरको रेन्जमा करेन्ट पुगिसकेको अवस्था छ । त्यसैले गर्मी याममा ९०० एम्पियरसम्म करेन्ट पुग्ने अवस्था थियो ।

त्यसैले यो क्षमताले कुनै पनि हालतमा थेग्न सक्ने अवस्था थिएन्, उनले भने ‘त्यसैले हामीले क्षमतालाई बढाएका हौं ।’ ८ सय एम्पियरबाट १५ सय एम्पियर गणितीय नियमका आधारमा बढाइएको उनले बताए ।

सव स्टेशन धेरै वर्ष पुरानो र सानो साइजको हुँदा यसअघि ओभ’रलोड भएर विद्युत क’टौती हुने गर्दथ्यो । त्यसैले केही समय अघि ट्रान्स’फर्मरहरुको क्षमता पनि बढाइएको थियो । ट्रान्सफर्मरको क्षमता बढाएपछि इकमर र बक्स कपुलरको पनि क्षमता बढाइएको इन्जिनियर सापकोटाले बताए ।

अब क्षमता बढाएपछि गर्मी सिजनमा ओभर लोड भएर विद्युत कटौती हुने समस्या नआउने सापकोटाले जनाए । ‘अब चाहीं सबस्टेशनमै समस्या आएर काम गर्नु नपर्ला भन्नेमा हामी विश्वस्त छौं, उनले भने ‘अब प्राविधिक कुरा हो ।

अन्य सहायक सवस्टेश’नहरुमा केही क’ठिनाई हुन सक्ला तर पहिले जस्तो दश वटै फ्रिडम काटिएर जिल्लाभर विद्युत जाने हुँदैन ।’

भरतपुर सवस्टेशन चितवनको मूख्य र ठूलो सवस्टेशन हो । यहाँ ट्रान्समिशनको लाइनलाई ल्याएर कम भो’ल्टेज बनाइ अन्य सहायक सव स्टेशनमा पठाइन्छ । माडी, चनौली र टाँडीमा सहायक सवस्टेशनहरु रहेका छन् ।-नारायणी अन्लाईन बाट

२०७७ चैत्र १२, बिहीबार २०:३३ गते 1 Minute 521 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार