शनिबार , जेठ २९, २०७८

बधाई ! सन्तोष शाहलाई नबिल बैंकको ‘हिरोज् अफ नेपाल’ सम्मान ।

चैत्र १२, २०७७ बिहिबार 360

काठमाडौं : नविल बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने सेफ सन्तोष शाहलाई ‘हिरोज् अफ नेपाल’ बाट सम्मानित गरेको छ ।

शेफ सन्तोष शाहले बेलायतको मास्ट’रशेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारहरुलाई विश्व सामु चिनाउनुका साथै नेपालीको शिष्टाचार र मैत्री’पूर्ण भावलाई पनि प्रदर्शित गरेर हरेक नेपालीलाई गौरवान्वित बनाएका छन् ।

विश्वमाझ नेपालको शिर उच्च राख्न सफल नेपालीहरुलाई सम्मान गर्ने मञ्चको रूपमा बैंकले ‘हिरोज् अफ नेपाल’को आयोजना गर्दै आएको छ । सोही क्रममा हिरोज् अफ नेपालको दोस्रो संस्करणमा सेफ शाह सम्मानित भएका हुन् ।

उक्त अवसरमा सन्तोष शाह, अनिल केशरी शाह र अनुष्का श्रेष्ठबीच भएको प्यानल छलफलको क्रममा शाहले आफ्नो प्रेरणादायक उपलब्धिहरु र जीवनका यात्राका चुनौतीहरूबारे बोलेका थिए ।

उक्त कार्यक्रममा बैंकको उच्च व्यवस्थापन तहका अधिकारी हरूको समेत उपस्थिती थियो ।”नबिल बैंकले सेफ शाहलाई उनको उत्कृ’ष्ट अनुगमनलाई जारी राख्न प्रो’त्साहनको रूपमा प्रेरणादायक उपलब्धिका लागि सम्मानित गरेको हो ।

बैंकले सेफ शाहको गृहनगरमा ई–पुस्तकालय निर्माण गर्न र ५ महिला विद्यार्थीहरुलाई छात्र’वृत्ति प्रदान गर्ने पनि प्रतिब’द्धता जनाएको छ ।

यस श्रृङ्खलालाई निरन्तरता दिने बैंकको योजना रहेको बैंकको संस्थागत सञ्चार विभागका प्रमुख कृष्ण सुवेदीले बताए ।
आफ्नौ जीवनमा केही महत्वपूर्ण काम गरिहन उत्प्रेरित गर्ने प्रेरणादायी व्यक्तिहरूलाई नविल बैंकले सम्मान गर्ने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्