आइतबार , साउन १०, २०७८

पुल निर्माणको काम आठ वर्षदेखि अल’पत्र !

चैत्र १३, २०७७ शुक्रबार 475

कर्णाली : रानीघा’टमा भेरी नदीमाथि बन्न लागेको पक्की पुल आठ वर्षदेखि अलपत्र परेको छ । सडक विभाग डिभिजन कार्यालय सुर्खेत र ठेके’दार कम्पनीको ढि’लासुस्तीका कारण पुनःडिजाइन समयमै नहुँदा निर्माण कार्य अ’लपत्र परेको हो ।

बर्दियालाई सुर्खेतसँग जोड्न छोटो दूरी मानिएको रानीघा’ट खण्डमा विसं २०६९ देखि पुल निर्माण शुरु गरिएको थियो ।
ठेके’दार कम्पनी पप्पु÷मल्ल जेभी क’न्स्ट्रक्सनले प्राविधिक समस्या देखाउँदै लामो समय पुल निर्माण कार्य अल’पत्र छाडेको स्थानीयवासीको गु’नासो छ ।

यदि प्राविधिक समस्या हो भने समयमै समाधानको पहल गर्नुपथ्र्यो”, सुर्खेत बराहताल गाउँपालिका हरिहरपुरका लालबहादुर थापाले भन्नुभयो, “सडक विभाग र ठेकेदारले गर्दा पुल निर्माण अल’पत्र पारियो । आफूहरुले पटक–पटक जिल्ला प्रशासन सरोकारवाला नि’कायलाई ज्ञापनपत्र बुझाउँदा सडक डिभिजन कार्यालय सुर्खेतले सुनुवाइ नगरेको उहाँले बताउनुभयो ।

हरिहरपुरकै अर्का स्थानीय गगन वलीले पुल नबन्दा वीरेन्द्रनगर आउन पनि क’ठिन भएको र झो’लुङ्गे पुल खोज्न दुई घण्टाको बाटो हिँड्नुपर्ने बाध्यता सुनाउनुभयो । पक्की पुल नहुँदा सुर्खेत–बर्दिया सडक स्तरोन्नति हुन सकेको छैन । त्यसले गर्दा सुर्खेतदेखि बर्दिया जान रत्न राजमार्ग हुँदै जानुपर्ने बा’ध्यता छ ।

पप्पु÷मल्ल जेभी कन्स्ट्र’क्सनले तीन वर्षमा सो पुल निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता थियो । आठ वर्ष बितिसक्दा बल्ल पुनः डिजाइनको काम थालिएको छ ।

कम्पनीले निजी कन्स’ल्टेन्टमार्फत उक्त पुलको पुनः डिजाइनको काम थालिरहेको छ । सडक डिभिजन कार्यालय सुर्खेतका इञ्जि’नीयर तुलाराम शर्माले ठेकेदारले १० दिनभित्र डि’जाइन पेश गर्ने प्रतिबद्ध’ता जनाएको बताउनुभयो ।

ठेके’दारले पेश गरेको डिजाइन सडक विभागको पुल महाशाखामा पठाएपछि मात्र निर्माण कार्यअघि बढ्ने उहाँको भनाइ छ ।

पिलरको सम्भावित जगमुनी दुई स्थानमा कडा खाले चट्टान भेटिएपछि पुनःडिजाइन बनाउनुपरेको जनाउँदै इञ्जि’नीयर शर्माले भन्नुभयो, “विभागले ठेकेदारले प्रस्ताव गरेको डिजाइन स्वी’कृत गरेपछि मात्र निर्माणको प्रक्रिया शुरु हुन्छ ।”

प्रतिकृया दिनुहोस्