२०७८ कार्तिक ११ बिहीबार

एकैपटक एकवर्षको तलब पाउँदै क्रिकेट खेलाडी, कसको तलब कति?

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीको केन्द्रीय अनुबन्धनमा रहेका महिला र पुरुष खेलाडीको गत वर्षको पारिश्रमिक आज र भोलि दिने भएको छ।

क्यानको आर्थिक समितिको बैठकले अनुबन्धनमा रहेका सबै खेलाडी र मैदानका कर्मचारीको गत वर्षको पारिश्रमिक सोमबार र मंगलबार एकमुष्ट दिने निर्णय गरेको हो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट खेलाडी र ग्राउण्ड स्टाफ लगाएको रकम निकासा भइसकेको भन्दै वितरण गर्न लागिएको क्यान कोषाध्यक्ष रोशन सिंहले बताए।

महिला खेलाडीलाई सोमबार र पुरुष खेलाडीको पारिश्रमिक मंगलबार भुक्तानी गर्ने उनको जानकारी दिए। क्यानले गत असोजमा पहिलो पटक महिला खेलाडीलाई समावेश गर्दै राष्ट्रिय टोलीमा अनुबन्ध गरेको थियो।

जसमा २२ जना महिला र २० जना पुरुष खेलाडीलाई ए, बी र सी श्रेणीमा विभाजन गरिएको थियो। क्यानले यस वर्षको सम्झौता भने गरिसकेको छैन।

गत असोजको पहिलो साता चितवनमा सबेको क्यानको बैठकले पहिलो पटक २२ महिला खेलाडीको वर्गीकरण गरेको थियो। महिला खेलाडीलाई क्यानले ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा वर्गीकरण गरेको थियो।

महिलातर्फ ‘ए’ श्रेणीका खेलाडीले १५ हजार, ‘बी’ ले १२ र ‘सी’ श्रेणीका खेलाडीले १० हजार मासिक पाउने छन्।

पुरुषतर्फ ‘ए’ श्रेणीको खेलाडीले ५० हजार, ‘बी’ श्रेणीको खेलाडीले ४० हजार र ‘सी’ श्रेणीको खेलाडीले मासिक ३० हजारको दरले तलब पाउने छन्।

पछिल्लो सम्झौतामा क्यानले पुरुष खेलाडीको पारिश्रमिक भने बढाएको थियो। क्यानले यसअघि पाउँदै आएको पारिश्रमिकमा ५ हजार रुपैया बढाएको हो।

सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने खेलाडीको सूची

पुरुष :

‘ए’ श्रेणी: पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी,दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी,

‘बी’ श्रेणी: सुसन भारी, आरिफ शेख, पवन सर्राफ, अविनास बोहरा

‘सी’ श्रेणी: सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रसिद खान, कमल सिंह ऐरी, ललित राजवंशी, सन्दीप जोरा

महिला

‘ए’ श्रेणी: रुबिना क्षेत्रि, नेरी थापा, इन्दु बर्मा,सिता राना मगर, करुणा भण्डारी

‘बी’ श्रेणी: ज्योति पाण्डे, अप्सरी बेगम,रोमा थापा, बिन्दु रावल, कविता जोशी, ऋतु कजौनिया,काजल श्रेष्ठ, सरिता मगर, सरस्वती चौधरी

‘सी’ श्रेणी: कविता कुँवर,डोली भट्ट,अनुराधा चौधरी, सोनु खड्का,अञ्जली चन्द, सोभा आले, सुमन खतिवडा, ममता चौधरी – डडेल्धुरा न्युज

२०७७ चैत्र १३, शुक्रबार ०३:११ गते 1 Minute 966 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार