मंगलबार , साउन १९, २०७८

१ अर्ब ५ करोड रुपैयाँ बराबरको आईपीओ आउँदै !

चैत्र १३, २०७७ शुक्रबार 392

काठमाडौं : साहस उर्जा कम्पनी लिमिटेडले १ अर्ब ५ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि कम्पनीले गत मंसिर २४ गते, नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको छ ।

कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ । – अर्थतन्त्र बाट

प्रतिकृया दिनुहोस्