२०७८ आश्विन ६ बुधबार

विश्वको सबैभन्दा महँगो ट्राफिक जाम !

एजेन्सी : फुटबल मैदानजत्रो विशाल मालवाहक पानीजहाज इजिप्टको सूइज नहरमा तेर्सो परेर अड्किएपछि संसारको व्यस्त व्यापारिक जलमार्ग अब’रुद्ध भएको छ।

अचानक आएको हावाका कारण छड्के परेको ४०० मिटर लामो जहाजलाई सोझ्याउन कम्तीमा आठबटा डुङ्गाले प्रयास गरिरहेका छन् । पानामामा दर्ता एभ’रग्रीन शिपिङ कम्पनीको

एभर गिभन नामक जहाजका कारण दर्जनौँ अरू पानी जहाजहरू अड्किएका छन् । इजिप्टले केही पानीजहाजका लागि पुरानो जलमार्ग खोलेको छ । यो अवरोधले गरेर तेलको मूल्यवृद्धि भएको बताइएको छ ।

एशिया र युरोपबीच सबैभन्दा छोटो जलमार्ग हुने यो बाटोबाट विश्वको १२ प्रतिशत व्यापार ओहोरदोहोर हुन्छ । अड्किएको पानीजहाज सन् २०१८ मा बनेको र त्यो दुई लाख टनको रहेको बताइएको छ । झन्डै ५९ मिटर चौडाइको उक्त जहाजले नहर पूरै ढाकेको छ ।

विज्ञहरूले सो जहाज हटाउन केही दिन लाग्न सक्ने बताएका छन् । समाचारसंस्था रोएटर्सका अनुसार यसका कारण कम्तीमा ३३ पानीजहाज अड्किएका छन् । सूइज नहरबाट सन् २०२० मा मात्रै १९,००० पानीजहाज ओहोरदोहोर गरेका थिए । सो नहर १९३ किलोमिटर लामो छ ।

२०७७ चैत्र १४, शनिबार ०१:३५ गते 1 Minute 1473 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार