२०७८ आश्विन ५ मंगलवार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ९७ प्रतिशत सम्पन्न !

रुपन्देही : भैरहवामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्त’र्रााष्ट्रिय विमानस्थलको भौ’तिक निर्माण कार्य ९७ प्रतिशत सकिए पनि विमानस्थल सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ ।

उपकरणहरु जडानको लागि अझै केही समय पर्खिनुपर्ने भएकोले अबको तीन महिनाभित्रैमा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्न सकिने अवस्था छैन । लक्ष्य बमोजिमको अन्ति’मपटक थपिएको म्याद अनुसार २०७८ साल असार १

गतेसम्ममा विमानस्थल सञ्चालनमा आउनु पर्ने थियो ।
तर कोरोना महामारीले प्रत्यक्ष असर पार्दा निर्माण कार्य केही पर धकेलिएको हो । ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँको लागतमा बन्न लागेको अन्त’र्राष्ट्रिय विमानस्थल अत्या’धिक जग्गा अधि’ग्रहण गरी निर्माण गरिएको विमानस्थलमा मु’आब्जाको लागि मात्रै ३० अर्बभन्दा बढी रकम खर्च भएको छ ।

पछिल्लो समय काम गर्ने दक्ष प्राविधिकहरु को’रोनाको कारण चीनमा रोकिनु र तेस्रो मुलु’कहरुबाट ल्याउनुपर्न लाईटिङ लगायतका उपकरणहरुको कारण काममा ढि’ला भएको थियो ।

सन २०१४ को डिसेम्बरबाट सुरु भई २०१७ को डिसेम्बरमै सम्पन्न गर्ने भनिएको निर्माणको काम चार बर्षको अव’धि थप्दा’समेत पूर्ण हुन सकेको छैन । त्रिभुवन अन्त’राष्ट्रिय विमानस्थलभन्दा स्तरीय र बढी क्षमताको भनिएको यो विमानस्थलमा एक पटकमा एउटा वाइडबडी, एउटा

न्या’रोबडी र दुईवटा साना जहाज पार्क गर्न मिल्ने अन्त’र्राष्ट्रिय पार्किङ ए’प्रोन निर्माण गरिएको छ । आन्तरिक उडानका लागि छुट्टै पार्किङ एप्रोन रहनेछ । काठमाडौंमा प्राविधिक कारणले उडान अवतरण प्र’भावित भयो भने आकस्मि’क अव’तरणका लागि यो विमानस्थल विकल्प बन्न सक्नेछ ।

निर्माणको कार्यमा अब धेरै समय खर्चि’नु नपरे पनि यस्को बाह्य क्षेत्र, उ’पकरण जडानको फिनिसिङ्गको लागि ३ महिनाभित्रैमा सकिए पनि उडानको प्रक्रियागत चर’णको लागिसमेत ३ महिना ख’र्चिनुपर्नेछ ।

विमानस्थल निर्माणको काम भौतिक काम हो र यस्को प्राविधिक कामसहित प’रीक्षण उडानको लागि रुट नि’र्धारण लगायत सञ्चालनका निम्ति ग्लोबल टेण्ड’र गर्नेसम्मको तयारी गर्न अझ थप केही समय लाग्ने बताइएको छ ।

अर्काेतिर कहिले विमानस्थल सञ्चालनमा आउला भन्दै भैरहवाकै विमानस्थल प्रयोग गर्न आतुर भई प्रतीक्षा गरिरहेका आम मानिसहरुलाई को’रोनाको थप जटिलताले अझै केही लम्ब्याउने पक्कापक्की छ । – न्युज २४ नेपाल

२०७७ चैत्र १४, शनिबार ०९:११ गते 1 Minute 2143 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार