बिहिबार , साउन २१, २०७८

यी महान छोरी जसले आफ्नो आधा कलेजो आमाको शरीरमा प्र’त्यारोपण गरेर आमालाई बचाइन् ।

चैत्र १४, २०७७ शनिबार 474

चितवन : ५४ वर्षीया धनमाया तामाङ छोरी ३४ वर्षीया उषालाई सुमसुम्याउँदै थिइन्। दुवै जना एकअर्कालाई हेरेर मुस्कुराउँदै थिए। घरीघरी भावुक पनि हुन्थे। छोरीको आधा क’लेजो आमाको शरीरमा प्र’त्यारोपण गरेको चार दिनपछि भेट भएको हो।

यसरी भेट हुँदा यी आमाछोरीमा खुसीको कुनै सीमा थिएन।
यी आमाछोरी चितवन मेडिकल कलेजको प्र’त्यारोपण वार्डको सँगै जोडिएको अलग–अलग क्याबिनमा छन्। उषा आमाको अवस्थाबारे स्वास्थ्यक’र्मीलाई सोधिरहन्छिन्। आफ्नो आधा कले’जो दिएर आमालाई बचाउन पाएकोमा उषाले ग’र्व महसुस गरेकी छन्।

होस खुलेदेखि उनलाई आमा हेर्न हता’रो थियो। ‘आमालाई केही नहोस् भनेर भगवा’न्सँग प्रार्थ’ना गरें’, उषाले भनिन्, ‘आमाको लागि कलेजो केही होइन्। मेरो कारणले आमा बाँच्नुभयो त्यसैमा खुसी छु।’धनमायाको पाँच महिनाअघि स्वास्थ्य परीक्ष’ण गर्दा कलेजोले काम गर्न नसक्ने पु’ष्टि भएपछि परिवारमा खैला’बैला मच्चिएको थियो।

क’लेजो प्र’त्यारोपणको विक’ल्प थिएन। कलेजो दान गर्ने वचन दिएका आफन्त अनेक बहाना गरेर पन्छिए। त्यसपछि उषा आफैं अघि सरेकी रहेछन्। ‘दिन्छु भने तर दिने बेला कोही निस्केन अनि आफैं हिम्मत गरेर कसैको सह’योग चाहिँदैन भनेर आँट गरे’, उषाले भनिन्।

सुरुमा के होला भनेर उनलाई डर लाग्यो। तर आमाको अगाडि अरू कुरा सामान्य लाग्यो। बरु आर्थिक अभा’वका कारण बहिनी गु’माउनुपरेको पी’डा बल्झियो। १७ वर्षअघि १६ वर्षीया बहिनीको ब्रे’न ट्युम’रका कारण नि’धन भएको थियो। पैसा नभएकै कारण बहिनी बचाउन नसकेकोमा दुखे’सो उषालाई। आमाको अवस्थाले त्यही घटनाको सम्झना गरायो। त्यसपछि उनलाई लाग्यो, ‘आमालाई बचाउँछु।’

‘सुरुमा कलेजो दिने भन्ने कुरा सुन्दैमा ज्व’रो आयो। म’रिन्छ भने पनि ठीकै छ तर आमा बाँच्ने कुराले हि’म्मत बढ्यो’, उनले भनिन्, ‘त्यसबेला आमा मात्रै सम्झिएँ।’

छोरीको निर्णय सुनेर धनमाया रुन्थिन्।

‘ केही हुँदैन भन्दै उषा आमालाई सम्झाउँथिन्। घरीघरी आमासँगै उषा पनि रुन्थिन्। कलेजो प्रत्यारोपणसँगै दुवै जनाको हाँसो फर्किएको छ। छोरीले पुनर्जीवन दिएको भन्दै धनमायाले खुसी ब्यक्त गरिन्। ‘मलाई छोरीले बचाइन्, अब त बाँचिन्छ होला नि !’, धनमायाले भनिन्, ‘छोरीले नयाँ जीवन दिइन्। खुसी लागेको छ।’

धनमायाका श्रीमान् रनबहादुर अस्पतालको क्याबिनबाहिर श्रीमती र छोरीलाई पर्खेर बसेका छन्। श्रीमतीको जीवनकै आस मारेका रनबहादुर बिरामीको स्वास्थ्यमा आएको सुधारले खुसी छन्। जीवनसंगिनी बाँचेको खुसीले उनी गद्गद् छन। ‘कसरी बचाउने भनेर आसै मारेको हो।

छोरीले नै आँट गरेर बचाइन्’, रनबहादुरले भने, ‘मृत्युबाट बचेकी छन् परिवार खुसी छौं।’ उनका एक छोरा र छोरी छन्। ‘ दुबईमा ८ वर्षदेखि ब्युटि’सियन काम गर्ने उषा आमाको उप’चारको लागि माघमा घर फर्किएकी हुन। विदेशमै रहँदा उनले आमा आईसीयूमा रहेको खबर पाइन्। अब दुई महिनापछि फेरि दुबई जाने उनले बताइन्। अन्नपूर्ण पोस्ट दैनिकमा अनिल ढकालले खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्