शनिबार , जेठ २९, २०७८

मास्क नलगाउने यात्रु तथा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई का’रबाही !

चैत्र १४, २०७७ शनिबार 1322

काठमाडौं : विश्व्यापी महामारी रुपमा फैलिएका को’भिड–१९ को स’ङ्क्रमणलाई ध्यानमा राख्दै सार्वजनिक यातायातमा कडाइ गरिने भएको छ पछिल्लो समय नेपालमा को’रोना सङ्क्र’मणको

दरमा बृद्धि भएको भन्दै रो’कथाम तथा निय’न्त्रणका लागि काठमाडौँमा सार्वजनिक यातायातमा मास्कको प्रयोगलाई अनिवार्य बनाउन लागिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग,

ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मज’दुरबीच आज भएको छलफलमा सार्वजनिक यातायातमा मास्कको प्रयोग अनिवार्य गर्ने निर्णय भएको हो । सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रु तथा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कारबाही गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजको छलफलमा सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापद’ण्डलाई क’डाइका साथ पालना गराउने निर्णयसमेत भएको छ ।

सार्वजनिक यातायातमा भौतिक दू’रीलाई व्यवस्थित गर्ने, बसपार्कमा साबुनपानीले हात धुने व्यवस्था मिलाउने, अनुगमनलाई प्रभा’वकारी बनाउनेलगायतका निर्णय भएको बताइएको छ ।

कोरो’ना भा’इरस सङ्क्र’मणको दो’स्रो लहर आउनसक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालयले सोको रोक’थाम तथा नियन्त्र’णका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ । -दैनिक समाज बाट

प्रतिकृया दिनुहोस्