मंगलबार , साउन १९, २०७८

ब्रेकिङ : विदेशबाट आउने १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने ।

चैत्र १४, २०७७ शनिबार 1152

चैत : म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वा’रेन्टिन (एकान्तबास) मा राखिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले को’रोना भाइ’रसको सङ्क्र’मण फैलिन नदिन पूर्वतयारी, सत’र्कता र व्यवस्थापनका लागि १५ बुँदे निर्णय र मापद’ण्ड तयार गरेको हो ।

बैठकले विदेशबाट जिल्ला भि’त्रिनेलाई अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भारतमा कोरोनाको दोस्रो लहर शुरु भएकाले यसको प्र’भाव नेपालमा पनि पर्ने भएका कारण विदेशबाट जिल्लामा भित्रिनेलाई अनिवार्य क्वा’रेन्टिनमा राख्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिका–४ नार’च्याङमा निर्मा’णाधीन नीलगिरिखोला जलविद्युत् आयोजनामा काम गर्न भारतबाट आएका चार मजदुर र जिल्ला कारागारका एक कैदीमा मङ्गलबार को’रोना भाइ’रसको सङ्क्र’मण पु’ष्टि भएको थियो ।

भारतबाट आएका मजदुरमा को’रोना पु’ष्टि भएपछि विदेशबाट आउने र घर बिदामा आउनेलाई १० दिन अनिवार्य क्वारे’न्टिनमा राखेर घर पठाउने निर्णय भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले स्वास्थ्य मापद’ण्डलाई पूर्णरूपमा कार्यान्वयन गर्ने, मास्कको अनिवार्य प्रयोग, स्थानीय तहमा क्वा’रेन्टिन, आइसोलेसन कक्षलाई पुनः सञ्चालनमा ल्याउने र पिसिआर परी’क्षणको दायरा फराकि’लो बनाउने निर्णय गरेको छ ।

त्यसैगरी बेनी अस्पतालमा स्वास्थ्यजाँचलाई व्यवस्थित बनाउने र हरेक निजी तथा सार्वजनिक सङ्घसंस्थाले अनिवार्य साबुनपानीले हात धुने व्यवस्था मिलाउनेलगायतका निर्णय भएको छ ।

को’रोना सङ्क्र’मणको जो’खिम बढेसँगै जिल्लामा भीडभाड हुने कार्यक्रमलाई समेत क’डाइ गरिने भएको छ । काममा आउने मजदुरलाई को’रोना परीक्षण तथा क्वा’रेन्टिनमा नराखी काममा खटाइएको अवस्थामा सम्बन्धित कम्पनी तथा व्यक्तिलाई का’रवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बैठकमा सहभागी केही प्रतिनिधिले भने विदेशबाट आउनेलाई क्वा’रेन्टिनमा राख्ने तर विभिन्न ठाउँमा मानिसको भीड’भाड हुने मेलाजात्रा र महोत्सव नि’यन्त्रणमा बेवास्ता गरिएको भन्दै निर्णयप्रति असहमति जनाएका छन् ।

राष्ट्रिय जनमो’र्चा म्याग्दीका अध्यक्ष छवि विश्वकर्माले सङ्घीय सरकारले जारी गरेको निर्देशन र आग्रहविपरीत म्याग्दीमा मेला महोत्सवलाई सहयोग पुग्ने हिसाबले केही व्यापारीको द’बाब र प्र’भावमा उनीहरु अनुकूलको निर्णय गरिएको भन्दै असन्तुु’ष्टि जनाउनुभएको छ ।

दरवाङमा चैत अन्तिम हप्तादेखि मालिका महोत्सव र बेनीमा नयाँ वर्षको अवसरमा लोक सांस्कृ’तिक उत्सवको आयोजना गरिएको छ । यसैगरी फागुपूर्णि’मा पर्वको अवसरमा पनि गाउँगाउँमा मेला आयोजना भएका छन् । -साजा सबाल

प्रतिकृया दिनुहोस्