शनिबार , जेठ २९, २०७८

अत्यावश्यक बाहेक नयाँ राहदानी नबनाउन विभागको अनुरोध !

चैत्र १४, २०७७ शनिबार 440

काठमाडौँ : राहदानी विभागले अत्यावश्यक बाहेक नयाँ राहदानी नबनाउन अनुरोध गरेको छ । विभागले छिट्टै गुणस्तरीय, सुरक्षित र भरपर्दो विद्युतीय राहदानी

( ई–पासपोर्ट) जारी हुने भएकाले मेसिन रिडेबल राहदानी (एमआरपी) राहदानी नबनाउन आग्रह गरेको हो । विभागले तत्काल विदेश जान आवश्यक नपरेपनि राहदानीको बहाल अवधि सकिन लागेको कारण नविकरण गरेको पाइएकाले

उक्त कार्य नगर्न भनेको छ । राहदानी चालक अनुमतिपत्र जस्तै बहाल अवधि हुँदै नवीकरण गर्नु नपर्ने विभागले जनाएको छ । नवीकरण नभै नयाँ नै बनाउनु पर्ने भएको र म्याद सकिएको कारण कुनै थप दस्तु’र नलाग्ने र आवश्यक परेको जुनसुकै बखत बनाउन सकिने विभागले जानकारी गराएको

भिसा सकिएका पर्यटक आफ्नो देश फर्कन् मानेनन् !

यता – म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् । संयुक्त राज्य अमेरिकाको क्या’लिफोर्नियाका ५२ वर्षीय प्रि जोइलले आफ्नो देश फर्कन अटेर गरेका हुन् । उनी ५२२४५ नम्बरको राहदानी बाहक हुन् ।

भ्रमणमा आएका विदेशी नागरिक अनुमति पाएको भन्दा बढी समय बस्न नपाउने का’नून छ । बाध्यात्मक कारण भएमा अध्यागमन विभागबाट म्याद थप गर्नुपर्छ । अवैधरूपमा बस्नेलाई पक्राउ गरेर जरिवाना तिराउने र अध्यागमन विभागमार्फत सम्बन्धित देशको दूता’वासमा बुझाउने कानूनी प्रक्रि|या छ ।

नेपालमा को’रोना भाइर’स रोक’थामका लागि लक’डाउन हुनुअघिनै अमेरिकाले दूतावा’समार्फत आफ्ना नगरिकलाई स्वदेश फर्कन सूचना जारी गरेको थियो । जहाज चार्टर गरेर नागरिकलाई आफ्नो देश लगेको थियो । लक’डाउन हटेपछि अधिकांश भिसा सकिएका विदेशी नागरिक कानूनी प्रक्रिया पूरा गरेर आफ्नो देश फर्किएका छन् ।

विसं २०७६ मङ्सिर महिनादेखि शिखको सियु होटलमा बस्दै आएका जोइलको राहदा’नीमा पछिल्लो पटक थप गरिएको भिसाको म्याद सन २०२० मार्च १८ गते सकिएको थियो । त्यसपछि नेपाल बस्ने उनलाई कानूनी अनुमति छैन । होटल सञ्चालक यामकुमारी पुनले जोइलले आफ्नो देश फिर्ता हुन इच्छा नदेखाएको बताउनुभयो ।

“केही समस्या बताउनुहुन्न, पैसा मगाएर खाएको बसेको तिरेर जान्छु भन्नुहुन्छ”, उहाँले भन्नुभयो, “कसरी पठाउने भन्ने अलमलमा परेका छौँ । गाउँपालिकाका अध्यक्षले एक दुई दिनमा दूता’वासमा लगेर बुझाइदिने भन्नुभएको छ ।”

एक्लै रहेका जोइलले असामान्य व्यवहार र गतिविधि गर्छन् । खेतबारीमा खाडल खन्ने, किलो गाड्ने र एक्लै डुल्ने गर्छन् । स्थानीयवासीले उनको मानसिक अवस्था र गतिविधिप्रति शङ्का गरेका छन् । कतिपय विदेशी नागरिक आफ्नो देशमा अप’राधमा संलग्न भएको र मु’द्दा चलेका कारण नेपालमा आएर लुकेर बस्ने गरेको पनि पाइएको छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने भएकाले ती नागरिकलाई आफ्नो देश पठाइदिन एक्यापले नै पहल गर्नुपर्ने भए पनि नगरेपछि आफैँले अमेरिकी दूतावासमा लगेर बुझाइदिने तयारी गरेको बताउनुभयो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले अवैध’रूपमा बसेका नागरिकको विषयमा सूचना नआएको र जानकारी आएमा पक्राउ गरेर अध्यागमन कार्यालयमा बुझाई स्वदेश फि’र्ती प्र’क्रिया अघि बढाउने बताउनुभयो । -रासस

प्रतिकृया दिनुहोस्